
नेपाली काँग्रेसले बाढी प्रभावित नागरिकको खोज, उद्धार तथा राहत वितरणमा देखिएका कमजोरी सुधार्न सरकारको ध्यानाकर्षण गराएको छ । आईतवार पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको पार्टी पदाधिकारी तथा सांसदहरुको संयुक्त बैठकले यस्तो निर्णय गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभयो ।
उहाँकाअनुसार बैठकले बाढी प्रभावितको उद्धार तथा राहत कार्यमा पार्टीका कार्यकर्ता र संगठनात्मक संयन्त्रलाई परिचालन गर्दै सरकारलाई पूर्ण सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेको छ ।


उहाँले बैठकमा विशेषगरी विपद्पछिको खोज, उद्धार र राहत वितरणको विषयमा गम्भीर समिक्षा भएको बताउनु भयो ।





