
काठमाडौँ । रसुवास्थित माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाको उद्धारका लागि आज रातभर सुरुङ खन्ने काम निरन्तर सञ्चालन हुने भएको छ ।
उर्जा मन्त्रालयका अनुसार खन्ने कामसँगै सुरुङभित्र हावा प्रवाहको व्यवस्था मिलाउने र अक्सिजन पठाउने काम पनि समानान्तर रूपमा गरिनेछ । उद्धार टोली भित्र पस्न सक्ने गरी घस्रिएर जान मिल्ने बाटो बनाइने जनाइएको छ । उक्त बाटो हुँदै स्ल्याबमाथिबाट घस्रिएर सुरुङको नलीको माथिल्लो भागसम्म पुग्ने र त्यहाँबाट सुरुङको अवस्था निरीक्षण गर्ने योजना रहेको छ ।


यसरी उद्धारका लागि पहुँच बनाउन सम्भव नभए भोलि बिहान सबेरै नेपाली सेनाले नियन्त्रित विस्फोट गराएर बाटो खोल्ने वैकल्पिक योजना बनाएको जनाइएको छ ।





