आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीमा धेरै भारी वर्षाको चेतावनी

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ भने मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतिर रहेको छ।

आज देशभर सामान्यतया बदली रही हिमाली तथा पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। पहाडी भू–भाग तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा केही स्थानमा भारी वर्षा हुन सक्ने विभागले जनाएको छ।

आज राति कोशी र बागमतीका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा धेरै भारी वर्षा हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।