
काठमाडौँ । गत साताको नेपाली बक्स अफिसको रिपोर्ट सार्बजनिक भएको छ ।
चलचित्र विकास बोर्डले सार्वजनिक गरेको भदौ १४ गते आइतबारसम्मको चलचित्र गौथली, मास्टर्नी, हली र लज्जावतीको बक्स अफिस रिपोर्ट सार्बजनिक गरेको हो ।

जसअनुसार गौथलीले बक्स अफिसमा शानदार कमाई जारी राखेको छ । साउन १ गतेदेखि प्रदर्शन भएको गौथलीले बक्स अफिसमा अहिलेसम्म २५ करोड ६८ लाख ६२ हजार कमाई गरेको छ । त्यस्तै यस फिल्मले ९ लाख ३१ हजार ६२७ टिकट बिक्री गरेको छ ।


त्यस्तै भदौ ५ गतेदेखि प्रदर्शनमा आएको प्रियंका कार्कीको चलचित्र मास्टर्नीले ३९ लाख ५२ हजार कमाइ गरेको छ । यस चलचित्रले ११ हजार ९९६ टिकट बिक्री गरेको छ ।
त्यस्तै त्यस्तै साउन २२ गतेबाट प्रदर्शनमा आएको चलचित्र हलीले २३ लाख ११ हजार कमाई गरेको छ भने यस अवधिमा चलचित्र हलीले ८ हजार ४६३ टिकट विक्री गरेको छ ।

त्यसैगरी साउन २९ गतेदेखि रिलिज भएको चलचित्र लज्जावतीले ७ लाख ७५ हजार कमाई गरेको छ भने २७३५ टिकट बिक्रि भएको छ ।




