
अर्घाखाँची, १५ भदौ । नेपाली कांग्रेस सन्धिखर्क नगरपालिका–७, खाँचीकोट वडा समितिले स्वर्गीय मनकला आचार्यको सातौँ पुण्यतिथिको अवसरमा शोकसभा सम्पन्न गरेको छ।


सन्धिखर्क–७, डिहिडाँडा निवासी आचार्यको ९१ वर्षको उमेरमा गत भदौ ९ गते निधन भएको थियो।


उहाँ कांग्रेसका क्षेत्रीय प्रतिनिधि एवं पूर्व शिक्षक तीर्थराज आचार्य, कांग्रेस क्षेत्रीय सदस्य तथा निर्माण व्यवसायी विष्णुप्रसाद आचार्य र कांग्रेस क्रियाशील सदस्य सन्तोष आचार्यकी माता हुनुहुन्थ्यो।


शोकसभालाई सम्बोधन गर्दै कांग्रेस केन्द्रीय सदस्य कमलप्रसाद भुसालले मनकला आचार्यको निधनले पार्टी र समाजले एक असल अभिभावक गुमाएको बताउनुभयो। उहाँले शोकसन्तप्त परिवारलाई धैर्य राख्न आग्रह गर्दै दुःखको यस घडीमा कांग्रेस परिवार साथमा रहेको बताउनुभयो।


कार्यक्रममा कांग्रेसका प्रदेश तथा जिल्ला तहका नेता, पदाधिकारी, स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी, सञ्चारकर्मी तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा स्वर्गीय आचार्यप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरिएको थियो।


स्वर्गीय मनकला आचार्यप्रति भावपूर्ण श्रद्धाञ्जली। शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना।
थप तस्बिर-








#अर्घाखाँची #सन्धिखर्क #खाँचीकोट #मनकलाआचार्य #शोकसभा #नेपालीकांग्रेस #अर्घाखाँचीडटकम




