नुवाकोटको त्रिशूली पारिको भूभाग सडक सञ्जालमा जोडियो

काठमाडौँ । त्रिशूली नदीमा रहेका पुलमा क्षति पुगेपछि सडक सञ्जालबाट प्रभावित बनेको नुवाकोटको त्रिशूली पारिको भूभाग पुनः सडक सञ्जालमा जोडिएको छ ।

गल्छी–त्रिशूली राजमार्गअन्तर्गत त्रिशूली पुल पारिबाट नदीको दायाँ किनार हुँदै कल्लेरीटार, कोशीखोला, पिपलटार, दर्शनटार, छत्रेखोला, गौरीबेसी हुँदै त्रिशूली बजारसम्म सडक सञ्चालनमा आएको हो ।

सडक सुचारु भएसँगै नुवाकोटका धेरै नागरिकलाई सदरमुकामसँग पुनः सडक सम्पर्क स्थापित भएको छ । साथै, बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा अत्यावश्यक सामग्रीको आवतजावतमा समेत सहज हुने भएको छ ।