
-टेकराज भुसाल
बुटवल । ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग गरेको छ।

संस्थाको भदौ १४ गते आइतबार बसेको बैठकको निर्णयअनुसार मंगलबार उक्त रकम कोषमा जम्मा गरिएको हो।


संस्थाका अध्यक्ष कृष्णप्रसाद खनाल र सचिव नारायणप्रसाद भुसाल (बाबु) ले रकम जम्मा गर्नुभएको हो ।


दैवीप्रकोपबाट प्रभावित नागरिकको उद्धार तथा राहतमा सहयोग पुगोस् भन्ने उद्देश्यले संस्थाले उक्त रकम प्रदान गरेको संस्थाका सहसचिव टेकराज भुसालले जनाउनु भएको छ।







