भोटेकोशी बाढीपछि पाँच हजार सम्पर्कविहिन

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण हालसम्म ५ हजार जना सम्पर्कविहिन रहेका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो अपडेट अनुसार अहिलेसम्म ५ हजार जना सम्पर्कविहिन रहेका हुन् ।

सम्पर्कविहीन हुनेमा रसुवाका १९६७, नुवाकोटका २३४० र विदेशी नागरिक ५८९ रहेको विवरणमा उल्लेख छ । त्यस्तै अहिलेसम्म सुरक्षाकर्मी करिब १०० जना सम्पर्कमा नरहेको प्राधिकरणले जानकारी दिएको छ ।

त्यस्तै अहिलेसम्म १३४४ जनाको शव फेला परेको छ । जसमा रसुवामा १६०, नुवाकोटमा १९२, धादिङमा ६७, चितवनमा ३६०, गोरखामा ७३, तनहुँमा ३८, नवलपरासी पूर्वमा २२२ र नवलपरासी पश्चिममा २३० जनाको शव फेला परेको छ ।त्यस्तै बाढीबाट घाइते भएका २ जनाको काठमाडौँमा उपचारको क्रममा मृत्यु भएको छ ।

अहिलेसम्म ९६ शव सनाखत भएर आफन्तले बुझेको प्राधिकरणले जानकारी दिएको छ । फेला परेका शवमा ५०१ जनाको आंशिक अवशेष मात्र भेटिएको प्राधिकरणले जानकारी दिएको छ ।