झरीमा पनि रोकिएन सेवा : सन्धिखर्क–७ ले टोलमै पुगेर सामाजिक सुरक्षा भत्ता नवीकरण गर्दै (तस्बिर सहित)

-अनिल / अर्घाखाँची डटकम

अर्घाखाँची । सार्वजनिक बिदाको दिन आइतबार बिहानैदेखि परेको लगातारको झरीका बाबजुद सन्धिखर्क नगरपालिका–७ का वडाध्यक्ष चुराबहादुर केसीसहितको टोली वडाका विभिन्न टोलमा पुगेर सामाजिक सुरक्षा भत्ता नवीकरण सेवामा जुटेको छ।

May be an image of studying and text

वडा कार्यालयसम्म पुग्न कठिन हुने ज्येष्ठ नागरिक, अशक्त, अपाङ्गता भएका तथा असहाय नागरिकलाई लक्षित गर्दै वडाले सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि टोल तथा घरदैलोमै पुग्ने अभियान सञ्चालन गरेको हो।

May be an image of one or more people, people studying and text

यसअघि पहिलो चरणमा भालुखोलालगायतका स्थानमा सेवा प्रदान गरिएको थियो। आइतबार दोस्रो चरणअन्तर्गत आदर्श माध्यमिक विद्यालय, खाँचीकोटबाट नवीकरण सेवा सुरु गरिएको वडाले जनाएको छ।

May be an image of one or more people, people studying, people smiling, hospital and text

वडाध्यक्ष केसीले सरकारी सेवा लिन नागरिकलाई अनावश्यक रूपमा वडा कार्यालयसम्म धाउनुपर्ने अवस्था नहोस् भन्ने उद्देश्यले टोलमै पुगेर सेवा प्रदान गरिएको बताए। हिँडडुल गर्न नसक्ने ज्येष्ठ नागरिक तथा अशक्त लाभग्राहीलाई आवश्यकताअनुसार घरमै पुगेर सेवा दिने व्यवस्था गरिएको उनको भनाइ छ।

May be an image of one or more people, people studying, people smiling, hospital and text

नयाँ आर्थिक वर्ष सुरु भएसँगै भदौ महिनाभर वडाका विभिन्न टोलमा अभियान सञ्चालन गरी सामाजिक सुरक्षा भत्ता लाभग्राहीको कार्ड नवीकरण गर्ने कामलाई प्राथमिकता दिइएको छ। भदौ मसान्तसम्म लाभग्राहीले आफ्नो विवरण नवीकरण गरिसक्नुपर्ने भएकाले समयमै सेवा लिन वडाले आग्रह गरेको छ।

May be an image of one or more people, people smiling, people studying and text

images

वडाका अनुसार पहिलो र दोस्रो चरणमा हालसम्म करिब १०५ जना सेवाग्राहीले नवीकरण सेवा लिइसकेका छन्। अपाङ्गता भएका व्यक्ति, एकल महिला तथा दलित समुदायका पाँच वर्षमुनिका बालबालिकाका सामाजिक सुरक्षा भत्ता कार्ड नवीकरणसमेत टोल तथा घरदैलोमै पुगेर गर्ने गरिएको छ।

May be an image of one or more people, people smiling, people studying, hospital and text

images

अभियानमा वडा सचिव सीता बिसी पराजुली, वडा सदस्य पुष्पा नेपाली, स्वास्थ्य चौकी प्रमुख प्रेमचन्द्र विक, कर्मचारी माया भट्टराईलगायत जनप्रतिनिधि तथा कर्मचारीले सहजीकरण गरिरहेका छन्।

May be an image of one or more people, people studying, hospital and text

images

वडाध्यक्ष केसीका अनुसार आवश्यक कागजात पूरा भएका सेवाग्राहीको नवीकरण प्रक्रिया सकेसम्म १५ मिनेटभित्र सम्पन्न गर्ने गरी सेवा प्रवाह भइरहेको छ। अन्य सरकारी कार्यालयसँग समन्वय आवश्यक पर्ने सेवामा भने केही समय लाग्न सक्ने उनले बताए।

May be an image of studying and text

सामाजिक सुरक्षा भत्ता वितरणलाई समेत सहज बनाउन बैंकसँग समन्वय गरी आवश्यक प्रक्रिया पूरा गरेर लाभग्राहीलाई घरमै भत्ता उपलब्ध गराउने योजनामा रहेको केसीले बताए।

May be an image of one or more people, people smiling and hospital

Nepal life insurance

वडाले टोल तथा घरमै पुगेर सेवा दिन थालेपछि वडा कार्यालयसम्म पुग्न कठिन हुने ज्येष्ठ नागरिक तथा अशक्त लाभग्राहीलाई सहज भएको स्थानीय सेवाग्राहीले बताएका छन्।

तस्बिर/भिडियो : अनिल / अर्घाखाँची डटकम

May be an image of one or more people, people smiling and hospital

May be an image of studying and text