
काठमाडौं, २७ भदौ। इतिहासमा सेप्टेम्बर १२ (भाद्र २७) का दिन विश्वमा घटेका केही प्रमुख ऐतिहासिक घटनाक्रमहरू निम्न अनुसार छन्: जसअनुसार तत्कालीन सोभियत संघले ‘लुना १६’ प्रक्षेपण (१९७०) गरेको थियो, जसको उद्देश्य चन्द्रमाबाट माटो र ढुङ्गाका नमुनाहरू सफलतापूर्वक पृथ्वीमा ल्याउनु थियो। भने, आजकै दिन मे जेमिसन स्पेस शटल ‘एन्डेभर’ मार्फत अन्तरिक्षमा जाने पहिलो अफ्रिकी-अमेरिकी महिला बनेकी थिइन्।
इथियोपियामा राजतन्त्रको अन्त्य (१९७४): इथियोपियामा एक सैनिक कू मार्फत ४४ वर्षसम्म शासन गरेका सम्राट हाफ्ले सेलासीलाई पदच्युत गरी राजतन्त्रको अन्त्य गरिएको थियो।

नाटो धारा ५ पहिलोपटक लागू (२००१): अमेरिकामा ९/११ को आतङ्कवादी हमला भएको भोलिपल्ट (सेप्टेम्बर १२) नाटोले आफ्नो इतिहासमा पहिलोपटक “एउटा सदस्यमाथिको आक्रमण सबैमाथिको आक्रमण मानिनेछ” भन्ने धारा ५ सक्रिय गरेको थियो।


सोभियत संघद्वारा ‘लुना १६’ प्रक्षेपण (१९७०): सोभियत संघले चन्द्रमाबाट माटो र ढुङ्गाका नमुनाहरू सफलतापूर्व पृथ्वीमा ल्याउन पहिलोपटक रोबोटिक यान ‘लुना १६’ अन्तरिक्षमा पठाएको थियो।

हेनरी हडसनद्वारा हडसन नदीको खोज (१६०९): प्रसिद्ध अन्वेषक हेनरी हडसनले न्यूयोर्कस्थित हडसन नदीको अध्ययन र अन्वेषण सुरु गरेका थिए।

पहिलो अफ्रिकी-अमेरिकी महिला अन्तरिक्षमा (१९९२): मे जेमिसन स्पेस शटल ‘एन्डेभर’ मार्फत अन्तरिक्षमा जाने पहिलो अफ्रिकी-अमेरिकी महिला बनेकी थिइन्। उनी पेसाले एक मेडिकल डाक्टर) र इन्जिनियर पनि हुन्। उनले अन्तरिक्षमा रहँदा तौलविहीनता र गतिजन्य अस्वस्थता सम्बन्धी विभिन्न वैज्ञानिक अनुसन्धान र प्रयोगहरू गरेकी थिइन्।
लासकाक्स गुफा चित्रको खोज (१९४०): फ्रान्समा प्रागैतिहासिक कालका प्रसिद्ध ‘लासकाक्स गुफा चित्रहरू’ पत्ता लागेका थिए, जुन हजारौँ वर्ष पुराना मानव कला हुन्।

अन्टारटिकामा ‘ओजोन प्वाल’ को पहिचान (१९८७): वैज्ञानिकहरूले एन्टारक्टिकामाथि वायुमण्डलको ओजोन तह पातलिएर ठूलो प्वाल परेको पुष्टि गरेका थिए, जसले जलवायु परिवर्तनसम्बन्धी मोन्ट्रियल प्रोटोकलको बाटो खोलेको थियो।

नर्मन बोरलागकाे निधन (२००९): विश्वव्यापी रूपमा खाद्यान्न उत्पादन बढाएर करोडौँ मानिसलाई भोकमरीबाट बचाउने ‘हरित क्रान्ति’ का पिता तथा नोबेल शान्ति पुरस्कार विजेताकाे निधन भएकाे थियाे ।




