रजनीकान्तकाे जेलर २’ र पूर्वज्वाइँ धनुषका फिल्म ‘ओएम’ जुध्ने

हैदराबाद, २८ भदौ। रजनीकान्तको बहुप्रतिक्षित प्रहरी-कथामा आधारित सिक्वेल “जेलर २” र धनुषको ठूलो बजेटको एक्सन चलचित्र “ओएम च्याप्टर १:द ब्लड वुड” दुवै फिल्म एकै साथ प्रदर्शनमा देखिने भएका छन ।

नेल्सनको निर्देशनमा बनेको र ‘प्यान-इन्डिया’ अर्थात सम्पूर्ण भारतभरका स्टारहरूको विशेष उपस्थिति (क्यामियो) रहने रजनीकान्तको बहुप्रतिक्षित प्रहरी-कथामा आधारित सिक्वेल “जेलर २” अक्टाेबर १५ मा रिलिज हुदैँछ ।

उता, राजकुमार पेरियासामीको निर्देशनमा बनेको, ममुट्टी तथा नसीरुद्दीन शाहको समेत अभिनय रहेको धनुषको ठूलो बजेटको एक्सन चलचित्र “ओएम च्याप्टर १: उधिरम: द ब्लड वुड” बीच दसैँको लामो ६ दिने बिदाको सप्ताहन्तमा भिडन्त हुने पक्का भएको छ।

जसअनुसार “जेलर २” १५ अक्टोबर (बिहीबार) मा रिलिज हुने घोषणा गरिएको छ भने “ओएम” त्यसको भोलिपल्टै, १६ अक्टोबरमा प्रदर्शनमा आउने भारतीय मिडियाले लेखेका छन ।

तमिल चलचित्रकाे व्यापार क्षेत्रमा यसको नतिजालाई लिएर चिन्ता छाएको छ किनभने तमिलनाडुमा मात्र नभई भारतका अन्य महत्वपूर्ण बजार र विदेशमा समेत पर्याप्त ‘स्क्रिन’ र ‘शो’ हरू सुनिश्चित गर्नु ठूलो चुनौती बनेको छ। यसैमाथि थप दबाबको रूपमा अन्य भाषाका केही ठूला चलचित्रहरूले पनि दसैँ पर्वकै समयमा रिलिज हुने मिति तय गरिसकेका छन्।

सामान्यतया, रजनीकान्तको चलचित्र एक्लै रिलिज हुने गर्दथ्याे र त्यसले अधिकतम प्रदर्शन वा स्क्रिनहरूकाे अवसर पाउँदै अाएकाे पनि थियाे तर यसपटक भने उनले आफ्ना पूर्व-ज्वाइँसँग ‘स्क्रिन’ बाँड्नुपर्ने बाध्यता भएको छ।

उता, वितरकहरूका अनुसार, “जेलर २” मा मोहनलाल, ऋतिक रोशन लगायतका कलाकारहरूको विशेष उपस्थिति (क्यामियो) रहेकाले केरला वितरण अधिकारका लागि २० करोड रुपैयाँको भारी मूल्य मागिएको छ।

 

 

images

अर्कोतर्फ, धनुषको “ओएम” मा ममुट्टीको सशक्त भूमिका रहेकाले यसको मूल्य करिब १० करोड रुपैयाँ तोकिएको भारतीय सञ्चारमाध्यमले जनाएकाे छ।