स्रोत नखुलेको नगदसहित ठमेलबाट एक जना पक्राउ

काठमाडौँ ।  काठमाडौं महानगरपालिका-२६ ठमेलबाट स्रोत नखुलेको नगद १३ लाख ७५ हजार रूपैयाँ सहित सोही ठाउँ बस्ने काभ्रे चौरी देउराली गाउँपालिका-३ घर भएका २० वर्षीय युवराज घतानेलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले बा.९७ प २६४४ नम्बरको स्कुटरलाई जाँच गर्दा उक्त नगद फेला पारी चालक युवराजलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।