रास्वपा सांसदहरुले प्रधानमन्त्री राहत कोषमा थप १५ हजार दिने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले प्रधानमन्त्री राहत कोषमा थप जनही १५ हजार रुपैयाँ योगदान गर्ने भएका छन् ।

संसदीय दलका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीका अनुसार यसअघि नै पार्टीका तर्फबाट राहत कोषमा ५० लाख रुपैयाँ योगदान गर्ने निर्णय भइसकेको छ । त्यसमा सांसदहरूको मासिक लेवीसमेत समावेश गरिएको थियो ।

यसका अतिरिक्त सांसदहरूले व्यक्तिगत रूपमा रकम योगदान गर्ने स्वघोषणा गरेकाले न्यूनतम १५ हजार रुपैयाँका दरले करिब २७ लाख १५ हजार रुपैयाँ थप जम्मा हुने बुर्लाकोटीले जानकारी दिएका छन् ।