
काठमाडाैं, २९ भदाैं । पूर्वी चीनको फुजियान प्रान्तस्थित झाङझाउको एक रमणीय क्षेत्रमा रहेको ६२४ वर्ष पुरानो ऐतिहासिक बरको रूखलाई मुसलधारे वर्षा र आँधीका कारण ढलेपछि सफलतापूर्वक उद्धार गरी पुनः सीधा बनाइएको छ।
टाइफुन साउडेलका कारण परेको लगातारको मुसलधारे वर्षाले गर्दा रूखको जरा रहेको माटो कमजोर भई ढल्न पुगेको थियो। यो ६२४ वर्ष पुरानो विशाल बरको रूख सेप्टेम्बर ३ मा ढलेको थियो।


विज्ञहरूको टोलीले बरको रूखलाई बचाउन र स्थिर बनाउन वानिकी विशेषज्ञहरूका ४ वटा टोलीलाई उद्धार कार्यमा खटाइएको थियो। विशेषज्ञ टोलीहरूको निरन्तर प्रयास र प्राविधिक सहयोगमा सेप्टेम्बर ९ मा रूखलाई पुनः सीधा बनाएर ठड्याउन सफलता मिलेको थियो।





