२४ घण्टामा देशभर सवारी दुर्घटनामा ६ को मृत्यु, १४८ जना घाइते

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने १४८ जना घाइते भएका छन् ।

नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कोशी प्रदेश र काठमाडौँ उपत्यकामा २-२ जनाको मृत्यु भएको छ भने मधेश, बागमती प्रदेशमा एक जनाको मृत्यु भएको छ ।

त्यस्तै देशभर भएका दुर्घटनामा १४८ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा ३० जना घाइते भएका छन् भने कोशीमा १८ जना, काठमाडौँ उपत्यकामा १५ जना, सुदूरपश्चिममा २५  जना, बागमतीमा ५ जना घाइते भएका छन् भने लुम्बिनीमा ३२ जना, कर्णालीमा १२ जना र गण्डकीमा ११ जना घाइते भएका छन् ।