
नुवाकोट । विदुर नगरपालिका–१ इन्द्रायणीचौरबाट साविक त्रिशूली बसपार्कसम्म सहज आवतजावतका लागि जीपलाइन सञ्चालनमा ल्याइएको छ ।
जीपलाइनबाट इन्द्रायणीचौरबाट नदीपारि करिब ३० देखि ३५ सेकेन्डमै पुग्न सकिनेछ । एकपटकमा एक जना यात्रु आवतजावत गर्न मिल्ने गरी आजदेखि सेवा सञ्चालनमा आएको हो ।


नदी वारपारका लागि पुल निर्माण वा अन्य वैकल्पिक आवागमनको व्यवस्था नभएसम्म जीपलाइन सेवा निरन्तर सञ्चालन गरिने व्यवस्था मिलाइएको छ ।

विदुर नगरपालिकाका नगरप्रमुख राजन श्रेष्ठको आग्रहमा दरबार एडभेन्चर जीपलाइन लज, नुवाकोटले जीपलाइन सञ्चालनका लागि प्राविधिक सहयोग तथा सहजीकरण गरेको जनाइएको छ ।




