असोज ३ गते कर्णालीमा भव्यताका साथ संविधान दिवस मनाइने

सुर्खेत, ३० भदौ । संविधान दिवसको अवसरमा कर्णाली प्रदेश सरकारले असोज ३ गते औपचारिक समारोहको आयोजना गर्ने भएको छ ।

असोज ३ गते शनिबार बिहान मंगलगढी चोकबाट र्‍याली निकालेर जिल्ला समन्वय समितिको हलमा संविधान दिवस मनाइने भएको हो ।

कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीको अध्यक्षतामा मूल समारोह समितिको आज बसेको वैठकमा असोज २ गते हरेक सरकारी कार्यालयको छतमा राष्ट्रिय झण्डा फहराउने तथा सरसफाई गर्ने कार्यक्रम तय भएको सरकारका प्रवक्ता कल्याणी खड्काले जानकारी दिइन् ।

उनका अनुसार असोज तीन गते साँझ घण्टाघर डबलीमा वीरेन्द्रनगर नगरपालिकाको आयोजनामा दिप प्रज्ववलन कार्यक्रम सञ्चालन हुनेछ भने असोज ४ गते विभिन्न सामूदायिक वनहरुमा उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले वृक्षारोपण कार्यक्रम गर्ने भएको मन्त्री खड्काले जानकारी दिइन् ।