
बझाङ । कुटपिटबाट घाइते भएका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ ।
भदौ २२ गते साँझ करिब ७ बजे दुर्गाथली गाउँपालिका–५ जाफ्रीका ५० वर्षीय झलक जप्रेललाई सामान्य विवादका क्रममा सोही ठाउँका २८ वर्षीय लोकेन्द्र जप्रेलले कुटपिट गरेको प्रहरीले जनाएको छ ।


कुटपिटबाट घाइते झलकको धनगढीस्थित केयर टेकर अस्पतालमा उपचार भइरहेको थियो। उनको भदौ ३१ गते बिहान ७: ५० बजे चिकित्सकले मृत्यु भएको घोषणा गरेका थिए ।

घटनामा संलग्न लोकेन्द्र जप्रेललाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





