छ वर्षीय भारतीय बालकले नेपालका बाढीपीडितका लागि दिए खुत्रुकेसहितको बचत

काठमाडौं । भारतको कुशीनगरका छ वर्षीय अल्फाज शेखले नेपालका बाढीपीडित समुदायका लागि आफ्नो वर्षभरको बचत सहयोग गरेका छन् ।

कुशीनगरका जिल्ला अधिकारीको कार्यालयका प्रतिनिधिले अल्फाजले जम्मा गरेको खुत्रुकेसहितको रकम भारतस्थित नेपाली दूतावासका अधिकारीलाई हस्तान्तरण गरेका हुन् ।

नेपालमा आएको हालैको बाढीबाट भएको विनाशबारे थाहा पाएपछि अल्फाजले आफूले वर्षभरि जम्मा गरेको बचत पीडितको राहतका लागि दिने निर्णय गरेका थिए ।

नेपाली दूतावासले बालक अल्फाजको यो सहयोगप्रति आभार व्यक्त गर्दै उनको मानवीय भावना र नेपाल–भारतका जनताबीचको मित्रता तथा सद्भावको उदाहरण भएको जनाएको छ ।