
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिएनएन, एमएस नाउ र पोलिटिकोलाई ह्वाइट हाउस प्रवेशमा प्रतिबन्ध लगाउने घोषणा गरेका छन् । ती सञ्चार संस्थाले निरन्तर ‘झूटा समाचार’ सम्प्रेषण गरेको आरोप लगाउँदै उनले प्रतिबन्ध तत्काल लागू हुने बताएका छन् ।


ट्रम्पले अन्य सञ्चार संस्थामाथि पनि यस्तै प्रतिबन्ध लगाउन सक्ने चेतावनी दिएका छन्। यसअघि सन् २०२५ मा उनले एसोसिएटेड प्रेसका पत्रकारलाई पनि ह्वाइट हाउस तथा राष्ट्रपतिको विमानमा प्रवेश गर्न रोक लगाएका थिए ।
ट्रम्प लामो समयदेखि सीएनएनसहित आफूविरुद्ध समाचार सम्प्रेषण गर्ने सञ्चार संस्थाको आलोचना गर्दै आएका छन् । पछिल्लो निर्णयले अमेरिकामा प्रेस स्वतन्त्रता र सञ्चार संस्थाको ह्वाइट हाउस पहुँचबारे बहस थप चर्किएको छ ।





