
धनुषा । अविरल वर्षाका कारण घर भत्किँदा धनुषामा एक महिलाको मृत्यु भएको छ ।
मिथिला नगरपालिका–११ बर्दिबासस्थित सिन्धुली सडकखण्ड नजिक आँपगाछी चोकमा घर भत्किँदा स्थानीय ४२ वर्षीया कमला श्रेष्ठको मृत्यु भएको हो ।


टिनको छानो भएको काठको घरमा पहिरो खस्दा आज बिहान करिब ९ः५० बजे घर पुरिएको थियो । घटनालगत्तै सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस नक्टाझिज धनुषा, सुरक्षा बेस गौरीडाँडा महोत्तरी, नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त उद्धार टोलीले जेसिबीको सहयोगमा पुरिएको घरबाट कमला श्रेष्ठको शव निकालेको थियो ।

शव परीक्षणका लागि बर्दिबास अस्पताल, महोत्तरी पठाइएको जनाइएको छ ।




