
मनाङ । मनाङको सदरमुकाम चामेमा पहिरोका कारण मर्स्याङ्दी नदीको जलप्रवाह अवरोध भएको छ । नदीको बहावमा अवरोध रहेकाले नदीका तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
स्थानीयका अनुसार चामेमा पहिरोका कारण नदीको मुख्य बहावमा अवरोध भए पनि छेउबाट पानी बगिरहेको छ । नदी थुनिएपछि चामे बजारका कैयौँ घरसमेत डुबानमा परेका छन् ।


नदीको बहाव थप अवरुद्ध भई पानी एक्कासि निकास भए तल्लो तटीय क्षेत्रमा जोखिम बढ्न सक्ने भएकाले स्थानीयवासीलाई सतर्क रहन आग्रह गरिएको छ ।





