
काठमाडौँ । नेप्सेमा आज पनि गिरावट आएको छ । आज बुधबार नेप्से ४.८२ अंकले घटेर २८९८.८९ विन्दुमा पुगेर रोकिएको छ ।
आज ३५२ कम्पनिका एक करोड २६ लाख ५५ हजार ३७४ कित्ता शेयर ४ अर्ब ७६ करोड ५१ लाख २७ हजार ८८५ मा कारोबार भएको थियो । आज हाइड्रो, म्युचुअल फण्ड र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।


आज, सबैभन्दा बढी सिन्धु विकास बैंकको शेयर १४.३७ प्रतिशतले बढेको छ भने सयपत्री हाइड्रोको शेयर ८.४१ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी सानिमा ग्रोथ फण्डको शेयर ३.७८ प्रतिशतले घटेको छ ।

त्यस्तै आज सबै भन्दा बढी घलेम्दी हाइड्रोको ३९ करोड ४८ लाख बराबरको कारोबार भएको छ भने पिपुल्स हाइड्रोको २२ करोड ८३ लाख बराबरको कारोबार भएको छ ।




