आजको मौसम: तराई भू-भागका थोरै ठाउँमा हुस्सु लाग्ने

काठमाडौँ, १६ असोज । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली रहेको छ। देशका तराई भू-भागका थोरै ठाउँमा हुस्सु लागेको छ।

दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली तथा पहाडी भू-भागमा साधारणतया बदली रहनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली तथा पहाडी भू-भागमा र देशका तराई भू-भागमा आंशिक बदली रहनेछ। कोशी र बागमती प्रदेशको हिमाली तथा पहाडी भू-भागका थोरै स्थानमा मध्यम तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। साथै, कोशी, बागमती र गण्डकी प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा पनि हल्का वर्षाको सम्भावना रहेको छ।

राति: कोशी र बागमती प्रदेशको हिमाली तथा पहाडी भू-भागका साथै गण्डकी प्रदेशको पहाडी भू-भागमा साधारणतया बदली रहनेछ। गण्डकी प्रदेशको हिमाली भू-भागका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली रहनेछ। देशका तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेशको हिमाली तथा पहाडी भू-भागका एक-दुई स्थानमा र बागमती प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ।

 

हाल कुनै मौसमी चेतावनी जारी गरिएको छैन। तथापि, सर्वसाधारण तथा सम्बन्धित सबै सरोकारवाला निकायहरूलाई पछिल्लो मौसमी सूचना तथा पूर्वानुमानबारे नियमित रूपमा जानकारी लिन महाशाखाले अनुरोध गरेकाे छ ।