‘जेलर २’ १ हजार करोड भारु कमाउने पहिलो तमिल चलचित्र बन्ने संकेत

काठमाडौँ, १८ असोज । धनुषको मुख्य भूमिका रहने चलचित्र “अाेम च्याप्टर १” ले रजनीकान्त अभिनित “जेलर ” सँगको सीधा प्रतिस्पर्धा टारेको छ। यससँगै “जेलर २” ले एकल प्रदर्शनको फाइदा उठाउँदै शानदार ओपनिङ गर्ने अपेक्षा गरिएको छ। चाडपर्वको समय र रजनीकान्तको विशाल प्रशंसक आधारका कारण यो विश्वव्यापी रूपमा १,००० करोड भारु कमाउने पहिलो तमिल चलचित्र बन्ने सम्भावना देखिएको छ।

चाखलाग्दो कुरा के छ भने सर्वाधिक कमाइ गर्ने शीर्ष तीन तमिल चलचित्रमध्ये दुईवटा रजनीकान्तकै हुन्— “२.०” (६९१ करोड भारु) र “जेलर ” (६०४.५० करोड भारु)। थलापति विजयको “लियाे” ६०५.९० करोड भारुको विश्वव्यापी कमाइसँगै दोस्रो स्थानमा छ।

यसका साथै “जेलर २ ” मा अन्य भारतीय चलचित्र उद्योगका सुपरस्टारहरू मोहनलाल (मलयालम), शिव राजकुमार (कन्नड) र ऋतिक रोशन (हिन्दी) को विशेष उपस्थिति (क्यामियो) रहेकाले यसले देशभर उत्कृष्ट प्रदर्शन गर्न सक्छ। विशेष गरी ऋतिक रोशनको उपस्थितिले उत्तर भारतीय बजारमा कमाइ बढाउन सहयोग पुर्‍याउने आकलन गरिएको छ।

चेन्नईस्थित व्यापार विश्लेषक रमेश बालाका अनुसार यदि हिन्दी बजारमा चलचित्रले राम्रो प्रचारप्रसार र पहुँच पाएमा यसले १,००० करोड भारुको कोशेढुङ्गा हासिल गर्न सक्छ। उनी भन्छन्, “यसमा मोहनलाल र शिव राजकुमारजस्ता स्टारहरू छन्। ऋतिक रोशनको क्यामियोले हिन्दी बजारको ओपनिङलाई बलियो बनाउँछ। यदि पिभीअार अाइनेक्सजस्ता मल्टिप्लेक्स चेनहरूमा हिन्दी संस्करण रिलिज भयो र ऋतिकको भूमिका महत्त्वपूर्ण रह्यो भने, रजनीकान्त र उनको सहकार्यले दर्शकलाई आकर्षित गर्नेछ। त्यसैले कागजी रूपमा हेर्दा तमिल सिनेमाका लागि १,००० करोड भारु कमाउने सबैभन्दा बलियो दाबेदार ‘जेलर २ ‘ नै हो। दर्शकको प्रतिक्रिया सकारात्मक रहेर मल्टिप्लेक्स तथा सिंगल स्क्रिनहरूमा उचित रिलिज पाएमा यसको सम्भावना प्रबल छ।”

प्रख्यात वितरक तथा निर्माता जी. धनञ्जयन पनि बालाको विचारसँग सहमत छन्। उनी भन्छन्, “जेलर २ ‘ मा बक्स अफिसमा ठूलो सफलता हासिल गर्ने क्षमता छ। यसमा ऋतिक रोशन, विद्या बालन, तमन्ना (हिन्दी), मोहनलाल (मलयालम), शिव राजकुमार (कन्नड), विजय सेतुपति र एस.जे. सूर्या (तमिल) लगायतका कलाकारहरूको जमघट छ। यो कुनै पनि भारतीय चलचित्रमा अहिलेसम्मकै ठूलो ‘प्यान-इन्डिया’ कलाकार समूह हो। साथै, सर्वाधिक सफल तमिल चलचित्रको सिक्वेल भएकाले विशेष गरी दक्षिण भारतसहित सबै बजारमा उच्च अपेक्षा छ। यदि कथावस्तु (कन्टेन्ट) राम्रो भयो भने यो चलचित्रले १,००० करोड भारुको आँकडा पक्कै पार गर्नेछ।”

अर्कोतर्फ, बिहारस्थित रूपबानी सिनेमाका सीईओ विशेष चौहान भने सिक्वेलले उक्त कोशेढुङ्गा पार गर्ने कुरामा शंका व्यक्त गर्छन्। उनको विचारमा यसको संगीत पहिलो भागको तुलनामा केही कमजोर छ। उनी भन्छन्, “”जेलर’ ले बक्स अफिसमा निकै राम्रो व्यापार गरेको थियो र ‘जेलर २’ पनि निकै प्रतिक्षित चलचित्र हो। तर पहिलो गको संगीत र थिम (‘हुकुम’ र ‘काभाला’ जस्ता लोकप्रिय गीत) ले दर्शकमाझ जुन गहिरो प्रभाव पारेको थियो, त्यस्तो प्रभाव सिक्वेलको संगीतले पार्न सकेको छैन।”

चौहानका अनुसार उत्तर भारतीय मल्टिप्लेक्समा हिन्दी डब संस्करणको रिलिज नियमका कारण बक्स अफिस कमाइमा केही असर पर्न सक्छ। “यो “जेलर’ को प्रत्यक्ष सिक्वेल भएकाले यसको पहुँच फराकिलो हुनेछ। तर हिन्दी भाषी क्षेत्रको हकमा ‘रोबोट’ र ‘२.०’ बाहेक रजनीकान्तका अन्य फिल्मले उल्लेख्य सुरुवात गरेका छैनन्। साथै, ओटीटी रिलिजको चार हप्ताको नियमका कारण उत्तर भारतका मुख्य मल्टिप्लेक्सहरूले यो चलचित्र प्रदर्शन नगर्न सक्छन्, जसले कमाइमा बाधा पुर्‍याउन सक्छ,” उनले थपे।

यद्यपि, तमिलनाडु र दक्षिण भारतमा भने पहिलो दुई-तीन दिनको कमाइ उत्कृष्ट हुने निश्चित छ। चौहानका अनुसार फिल्मको पहिलो लक्ष्य ‘”जेलर’ को कमाइलाई उछिन्नु हो। मानिसहरूले यसलाई हेर्नेछन् र उत्तर भारतसहित देशभर नै पहिलो भागको तुलनामा यसले अझ भव्य सुरुवात (ओपनिङ) गर्ने सम्भावना छ।

images

नेल्सनद्वारा निर्देशित यो चलचित्र अक्टोबर १५ मा प्रदर्शन हुँदैछ।