अक्टाेबर ११, जिम्मी कार्टरले नाेबेल शान्ति पुरस्कार पाएकाे दिन्

काठमाडाैं, २५ असाेज । अक्टोबर ११ का दिन विश्व इतिहासमा घटेका केही प्रमुख राजनीतिक, ऐतिहासिक तथा अन्तर्राष्ट्रिय घटनाक्रमहरू मध्ये  संयुक्त राज्य अमेरिकाका पूर्वराष्ट्रपति जिमी कार्टरलाई विश्वभर शान्ति, लोकतन्त्र र मानवाधिकार प्रवर्द्धनमा पुर्‍याएको योगदानको कदर गर्दै नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो।

दोस्रो बुअर युद्धको सुरुआत (सन् १८९९): बेलायती साम्राज्य र दक्षिण अफ्रिकाका बुअर गणराज्यहरू (ट्रान्सवाल र ओरञ्ज फ्री स्टेट) बीचको लडाइँ अर्थात् ‘दोस्रो बुअर युद्ध’ यसै दिनबाट औपचारिक रूपमा सुरु भएको थियो।

 

भेटिकन सिटीमा ‘भेटिकन २’ को सुरुआत (सन् १९६२): क्याथोलिक चर्चमा आधुनिकता र सुधार ल्याउने उद्देश्यका साथ पोप जोन एक्स एक्स ट्रिपल अाइले भेटिकनको एक्काइसौँ एक्टुमेकल काउन्सिल को उद्घाटन गरेका थिए।

 

जिमी कार्टरलाई नोबेल शान्ति पुरस्कार (सन् २००२): संयुक्त राज्य अमेरिकाका पूर्वराष्ट्रपति जिमी कार्टरलाई विश्वभर शान्ति, लोकतन्त्र र मानवाधिकार प्रवर्द्धनमा पुर्‍याएको योगदानको कदर गर्दै नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो।

 

अन्तर्राष्ट्रिय बालिका दिवसको घोषणा (सन् २०१२): संयुक्त राष्ट्रसंघले बालिकासामु आउने चुनौतीहरूको सामना गर्न र उनीहरूको अधिकार सुनिश्चित गर्न अक्टोबर ११ लाई आधिकारिक रूपमा ‘अन्तर्राष्ट्रिय बालिका दिवस’ का रूपमा मान्यता दिएको थियो।

 

images

अमेरिकी राजनीतिक र सांस्कृतिक परिघटनाहरू: सन् १९७५ मा अमेरिकी राजनीतिज्ञ बिल क्लिन्टन र हिलारी रोधाम विवाहबन्धनमा बाँधिएका थिए भने चर्चित हास्यव्यङ्ग्य टेलिभिजन कार्यक्रम ‘स्याटरडे नाइट लाइभ’ को पहिलो प्रसारण पनि यसै दिन भएको थियो।