
काठमाडाैं, २५ असाेज । हिन्दूहरूको महान चाड बडादसैँको पहिलो दिन अर्थात् घटस्थापनाका दिन पूजाकोठा वा दसैँघरमा राखिने पवित्र अङ्कुर (विशेष गरी जौ, मकै वा गहुँका साना बिरुवा) लाई ‘जमरा’ भनिन्छ।
घटस्थापनाका दिन माटो वा बालुवामा जौ छरिन्छ र विजया दशमीको दिनसम्म यसलाई विजयाको प्रतीक तथा देवी दुर्गाको प्रसादको रूपमा उमार्ने गरिन्छ। दसैँमा देवीको आशीर्वादस्वरूप टाउकोमा वा कानमा लगाउने र मान्यजनबाट टीकासँगै जमरा ग्रहण गर्ने चलन छ।

तर, जमरा र जमराको जुस भने स्वास्थ्यका लागि धेरै फाइदा रहेकाे छ। याे शिरमा लगाउने मात्रै हाेइन्, यसकाे नियमित सेवनले पनि स्वास्थ्यमा सकारात्मक असर देखा पर्नेछ । आयुर्वेद तथा आधुनिक स्वास्थ्य विज्ञान दुवैले जौ वा गहुँको जमरालाई निकै गुणकारी मानेका छन्। दसैँको टीकाका दिन प्रसादको रूपमा लगाइने जमरा सांस्कृतिक रूपमा मात्र नभई स्वास्थ्यका दृष्टिकोणले पनि एक प्रकारको ‘सुपरफुड’ वा औषधिको रूपमा परिचित छ।


यसको सेवन र प्रयोगबाट स्वास्थ्यमा पुग्ने मुख्य फाइदाहरूका बारेमा जानकारी लिनुहाेस् ।
रोग प्रतिरोधात्मक क्षमता वृद्धि: जमरामा प्रशस्त मात्रामा क्लोरोफिल, भिटामिन (ए, सी, ई, र के), एमिनो एसिड र एन्टिअक्सिडेन्ट पाइन्छ, जसले शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई मजबुत बनाउँछ।

रगत सफा गर्न र रक्तअल्पता हटाउन: जमराको जुसमा क्लोरोफिलको मात्रा अत्यधिक हुने हुनाले यसले रगतमा रातो रक्तकोशिकाहरू बढाउन मद्दत गर्छ। यसले एनिमिया (रक्तअल्पता) का बिरामीलाई फाइदा पुर्याउँछ र शरीरबाट विषाक्त पदार्थ बाहिर निकाल्न सघाउँछ।
पाचन प्रणालीमा सुधार: यसको नियमित सेवनले ग्यास्ट्रिक, कब्जियत तथा अपचजस्ता पेटसम्बन्धी समस्याहरूलाई कम गर्न सहयोग गर्छ।

मधुमेह नियन्त्रण: जमराको रसले रगतमा चिनीको मात्रालाई नियन्त्रणमा राख्न मद्दत गर्ने विभिन्न अध्ययनहरूले देखाएका छन्।
तौल नियन्त्रण: यसले बाेस नियन्त्रण प्रक्रियालाई तीब्र बनाउँछ र शरीरमा अनावश्यक बोसो जम्न नदिन सहयोग पुर्याउँछ।
छालाको चमक र उमेर ढल्किने प्रक्रियालाई सुस्त बनाउने: एन्टिअक्सिडेन्टले भरपूर हुने हुनाले जमराको जुसले छालालाई स्वस्थ, चम्किलो र कान्तिसृष्टि गर्न मद्दत गर्नुका साथै उमेर बढ्दै जाँदा देखिने छालाका समस्याहरू कम गर्छ।
दसैँको टीकाका दिन प्रसादको रूपमा लगाइने जमरा सांस्कृतिक रूपमा मात्र नभई स्वास्थ्यका दृष्टिकोणले पनि एक प्रकारको ‘सुपरफुड’ वा औषधिको रूपमा परिचित छ।





