
काठमाडौँ । एनपीएलमा पहिलो पटक अम्पाएरको निर्णय पुनरावलोकन हुने डीआरएस लागू हुने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले एनपीएलको तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डिआरएस) लागु गर्ने निर्णय भएको जानकारी दिएको हो ।

यससँगै नेपाली क्रिकेटमा नयाँ उपलब्धि थपिएको छ । डीआरएसको प्रयोगले खेलका क्रममा अम्पायरको निर्णय पुनरावलोकन गर्न सकिनेछ, जसले खेललाई थप निष्पक्ष र विश्वसनीय बनाउन सहयोग पुग्नेछ ।


एनपीएलको तेस्रो संस्करणमा आइसीसीले मान्यता दिएपछि टेस्ट खेल्ने देशका खेलाडीहरु पनि धमाधाम भित्रिरहेका छन् ।
एनपीएलको तेस्रो संस्करण कात्तिक ९ देखि मंसिर ५ सम्म अर्थात अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म हुदैछ ।





