अर्घामा जनमोर्चाको विशाल जनसभा : अध्यक्ष केसीको आरोप– ‘अमेरिकाले पुराना दललाई पाखा लगाएर रास्वपालाई सत्तामा पुर्‍यायो’ (तस्बिर सहित)

-टेकराज भुसाल,

अर्घाखाँची । राष्ट्रिय जनमोर्चा अर्घाखाँचीको आयोजनामा अर्घाको रानीगैरामा विशाल जनसभा तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सम्बोधन गर्दै देशको वर्तमान राजनीतिक परिस्थिति, विदेशी हस्तक्षेप, संघीयता र राजनीतिक दलहरूको भूमिकाबारे आफ्नो धारणा राख्नुभएको थियो।

सम्बोधनका क्रममा अध्यक्ष केसीले नेकपा एमाले, नेपाली कांग्रेस र माओवादीकाे गलत राजनीतिक कार्यशैलीका कारण जनतामा निराशा बढेको बताउनुभयो। उहाँले ती दलहरूप्रति जनतामा उत्पन्न निराशाकै परिणामस्वरूप भदौ २३ र २४ गते सरकारी संरचनामा आगजनी गर्नेहरू सत्तामा पुग्ने अवस्था बनेको टिप्पणी गर्नुभयो।

May be an image of dais, temple and text

अध्यक्ष केसीले अमेरिकाले भनेका सबै कुरा नमानेका कारण एमाले, कांग्रेस र माओवादीलाई पाखा लगाएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई सत्तामा पुर्‍याइएको आरोप लगाउनुभयो। उहाँले नेपालका राजनीतिक दलहरूलाई चीनविरुद्ध प्रयोग गर्ने उद्देश्यले अमेरिकाले विभिन्न गतिविधि गर्दै आएको दाबीसमेत गर्नुभयो।

May be an image of dais and text

त्यस्तै, उहाँले संघीयतामाथि टिप्पणी गर्दै अध्यक्ष केसीले ठूलो संख्यामा सांसद तथा राजनीतिक संरचनालाई पाल्नकै लागि संघीयता ल्याइएको दाबी गर्नुभयो। उहाँले संघीयताले देशको आर्थिक भार बढाएको आशय व्यक्त गर्दै यसको औचित्यमाथि प्रश्न उठाउनुभयो।

May be an image of dais, temple and text

अध्यक्ष केसीले नेपालको राजनीतिक परिवर्तनमा रास्वपाको कुनै भूमिका नरहेको जिकिर गर्दै रास्वपाको तुलनामा कांग्रेस, एमाले र माओवादी केही हदसम्म भए पनि राम्रा रहेको टिप्पणी गर्नुभयो। तर, उहाँले पुराना राजनीतिक दलहरूले गरेको भ्रष्टाचार र गलत कार्यशैलीका कारण जनतामा व्यापक निराशा उत्पन्न भएको स्वीकार गर्नुभयो।

images

May be an image of dais, temple and text

त्यस्तै राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेशका अध्यक्ष बोमबहादुर खत्रीले अमेरिकी साम्राज्यवादले नेपाललगायत विश्वका विभिन्न देशको आन्तरिक राजनीतिमा हस्तक्षेप गर्दै आएको बताउनुभयो। उहाँले नेपालको राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र जनताको अधिकार रक्षाका लागि साम्राज्यवादी हस्तक्षेपविरुद्ध सचेत रहनुपर्नेमा जोड दिनुभयो।

images

May be an image of text

त्यसैगरी, अखिल नेपाल महिला संघकी उपाध्यक्ष कल्पना पोख्रेल, अन्तर्राष्ट्रिय नेपाली एकता समाजका सचिवालय सदस्य ठाकुर खनाल, अखिल नेपाल युवक संघका केन्द्रीय उपाध्यक्ष कुलराज खनाल र अखिल (छैठौं) का महासचिव पुरन पोख्रेललगायतका नेताहरूले सम्बोधन गर्दै राष्ट्रियता, जनजीविका र समसामयिक राजनीतिक विषयमा आफ्ना विचार व्यक्त गर्नुभएको थियो।

images

May be an image of dais, temple and text

कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय महासचिव हेमराज आश्रमलगायतका कलाकारहरूले जनवादी गीत तथा नृत्य प्रस्तुत गरेका थिए। सांस्कृतिक प्रस्तुतिले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।

May be an image of one or more people, dais and text

May be an image of one or more people and text

Nepal life insurance

May be an image of dais, temple and text

 

अन्य समाचारहरु