
अक्टोबर २८ का दिन विश्व इतिहास र राजनीतिमा विभिन्न महत्त्वपूर्ण तथा ऐतिहासिक घटनाहरू घटेका छन्। यस दिनसँग जोडिएका प्रमुख राजनीतिक तथा ऐतिहासिक घटनाक्रमहरू मध्ये फ्रान्सका जनताले संयुक्त राज्य अमेरिकालाई मित्रताको प्रतीक तथा स्वतन्त्रताको चिनोस्वरूप उपहार दिएको प्रसिद्ध ‘स्टेच्यु अफ लिबर्टी’ को न्यूयोर्क हार्वरमा अमेरिकी राष्ट्रपति ग्रोभर क्लिभल्याण्डद्वारा औपचारिक रूपमा अनावरण गरेका थिए।
क्युवा क्षेप्यास्त्र संकटको अन्त्य (सन् १९६२) : शीतयुद्धका बेला अमेरिका र सोभियत संघबीच उत्पन्न भएको आणविक युद्धको खतरापूर्ण अवस्था (क्युवा मिसाइल संकट) यही दिन अन्त्य भएको थियो। सोभियत प्रधानमन्त्री निकिता ख्रुश्चेभले क्युवामा राखिएका आफ्ना क्षेप्यास्त्रहरू हटाउने निर्णय गरेसँगै विश्व सम्भावित महाविनाशबाट बचेको थियो।


इटालीमा फासीवादको उदय र मुसोलिनीको सरकार (सन् १९२२) : इटालीमा बेनिटो मुसोलिनीको नेतृत्वमा ‘मार्च अन रोम’ प्रदर्शन सफल भएपछि राजा इमानुएल तृतीयले मुसोलिनीलाई नयाँ सरकार गठन गर्न आह्वान गरेका थिए। यसै घटनामार्फत इटालीमा औपचारिक रूपमा फासीवादी शासनको सुरुवात भएको थियो।

‘ओही दिवस’ ग्रिस (सन् १९४०) : द्वितीय विश्वयुद्धको समयमा इटालीका तानाशाह बेनिटो मुसोलिनीले ग्रिससमक्ष आत्मसमर्पण गर्न वा इटालेली सेनालाई प्रवेश दिन अल्टिमेटम पठाएका थिए। ग्रिसका तत्कालीन नेता इयोन्नािस मेटाक्साएसले उक्त प्रस्तावको दृढतापूर्वक ओही अर्थात नाइँ/अस्वीकार भन्दै जवाफ फर्काएका थिए। ग्रिसले गरेको यो ऐतिहासिक प्रतिरोधको सम्झनामा त्यहाँ हरेक वर्ष अक्टोबर २८ लाई राष्ट्रिय दिवस (‘ओही डे’) रूपमा मनाइन्छ।
चेकोस्लोभाकियाको स्वतन्त्रता (सन् १९१८): प्रथम विश्वयुद्धको अन्त्यतिर अस्ट्रो–हंगेरियन साम्राज्यको पतनसँगै मध्य युरोपमा स्वतन्त्र चेकोस्लोभाकिया राज्यको घोषणा गरिएको थियो। पछि सन् १९९३ मा यो देश शान्तिपूर्ण रूपमा चेक गणतन्त्र र स्लोभाकिया गरी दुईवटा छुट्टाछुट्टै देशमा विभाजन भयो। हाल यी दुवै देशमा यस दिनलाई राष्ट्रिय स्वतन्त्रता दिवसका रूपमा मनाइन्छ।


अमेरिकामा ‘भोल्स्टेड ऐन’ पारित (सन् १९१९) : संयुक्त राज्य अमेरिकाको कंग्रेसले राष्ट्रपति वुड्रो विल्सनको भिटो (अस्वीकारोक्ति) लाई खारेज गर्दै ‘भोल्स्टेड ऐन’ पारित गरेको थियो। यस कानुनले अमेरिकामा मदिराको उत्पादन, बिक्री र ओसारपसारलाई पूर्ण रूपमा प्रतिबन्ध लगाउने व्यवस्थालाई कडा रूपमा कार्यान्वयनमा ल्याएको थियो।

स्टेच्यु अफ लिबर्टीको अनावरण (सन् १८८६): फ्रान्सका जनताले संयुक्त राज्य अमेरिकालाई मित्रताको प्रतीक तथा स्वतन्त्रताको चिनोस्वरूप उपहार दिएको प्रसिद्ध ‘स्टेच्यु अफ लिबर्टी’ को न्यूयोर्क हार्वरमा अमेरिकी राष्ट्रपति ग्रोभर क्लिभल्याण्डद्वारा औपचारिक रूपमा अनावरण गरिएको थियो।
अर्जेन्टिनामा पहिलो निर्वाचित महिला राष्ट्रपति (सन् २००७) : क्रिस्टिना फर्नान्देज डे किर्चनर अर्जेन्टिनाको निर्वाचनमा ४५ प्रतिशतभन्दा बढी मत ल्याएर देशको पहिलो जननिर्वाचित महिला राष्ट्रपति बनेकी थिइन्।




