अण्डाको होलसेल मुल्य बढ्यो

काठमाडौँ । नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको समर्थन मूल्य बढाएको छ ।

संघको कात्तिक १२ मा बसेको बैठकले अण्डाको नयाँ समर्थन मूल्य तोकेको संघका महासचिव मदन पोखरेलले जानकारी दिएका छन् । संघले चितवनलाई आधारमानी अण्डाको डिपो/ डिलर होलसेल बिक्रि समर्थन तय गरेको जानकारी दिएको छ ।

जसअनुसार एक्सएल, ठूलो र मिडियम अन्डाको मूल्य प्रतिपेटी (कार्टुन) रु दुई सय बढेको छ भने सानो अण्डाको मूल्य प्रतिपेटी रु एक सय वृद्धि भएको छ ।

संघका अनुसार एक्सएल अण्डा (१४:५-१४:८ केजी) को समर्थन मूल्य अब ३९०० पुगेको छ भने ठुलो अण्डा (१३.५-१३.८ केजी) को समर्थन मूल्य ३८०० पुगेको छ । त्यसैगरी मिडियम अण्डा (१२.५- १२.८ किलो) को समर्थन मूल्य ३७०० पुगेको छ भने सानो अण्डा (११+) को ३२०० पुगेको संघले जनाएको छ । यसअघि एक्सएल अण्डाको ३७००, ठुलो अण्डाको ३६००, मिडियम अण्डाको ३५०० र सानो अण्डाको ३१०० रहेको थियो ।

त्यस्तै, संघले उपभोक्ता मूल्य ठूलो अण्डा प्रतिगोटा २५ र मिडियम अण्डाप्रति दुई वटाको ४५ कायम गरिएको जनाएको छ ।