आजको राशिफल: आज बि.सं. २०८३ कार्तिक १६ गते, सोमवार इ.सं. २०२६ नोभेम्बर २, ऋतुः शरद, अयनः दक्षिणायन, नेपाल संवत् ११४६, कार्तिक कृष्ण पक्ष

आजको राशिफल: बि.सं. २०८३ कार्तिक १६ गते सोमवार

ज्याे. डा. खेमराज मिश्र, पीएचडी

आजको राशिफल, बि.सं. २०८३ कार्तिक १६ गते, सोमवार इ.सं. २०२६ नोभेम्बर २, ऋतुः शरद, अयनः दक्षिणायन, नेपाल संवत् ११४६, कार्तिक कृष्ण पक्ष, अष्टमी तिथि साँझ ४:५५ बजेसम्म, त्यसपछि नवमी, नक्षत्रः पुष्य बिहान ९:०८ बजेसम्म, त्यसपछि अश्लेषा, चन्द्रमा: कर्कट राशिमा, सूर्य: तुला राशिमा, योगः शुभ (दिनरात रहने), करणः तैतिल बिहान ३:५४ बजेसम्म, त्यसपछि कौलव र साँझ ४:५५ बजेदेखि वणिज। आज सूर्योदय बिहान ६:१६ बजे  र सूर्यास्त: साँझ ५:१७ बजे हुनेछ ।  

आज कार्तिक कृष्ण अष्टमीका दिन राधाष्टमी व्रत तथा गोरखकाली पूजा मनाइँदैछ। यस दिन राधारानीको श्रद्धापूर्वक पूजा-आराधना गरी भगवान् श्रीकृष्णप्रतिको प्रेम, भक्ति र समर्पणको स्मरण गरिन्छ। गोरखकाली माताको पूजा-आराधना गरी शक्ति, साहस, रक्षा र कल्याणको कामना गर्ने धार्मिक परम्परा रहेको छ। आजको दिन उपासना, जप, ध्यान र सत्कर्ममा समय बिताउनु शुभ मानिन्छ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : आज रोकिएका काम अघि बढ्ने सम्भावना छ। कार्यक्षेत्रमा नयाँ जिम्मेवारी प्राप्त हुन सक्छ। आर्थिक कारोबारमा सावधानी अपनाउँदा भविष्यमा लाभ हुनेछ। पारिवारिक विषयमा आफ्नो बोली र व्यवहारमा संयम राख्नुहोला। प्रेम सम्बन्धमा आपसी विश्वास बढ्नेछ। स्वास्थ्यमा थकान अनुभव हुन सक्ने भएकाले आराममा ध्यान दिनुहोला।

आजको शुभ रङ्ग: रातो, शुभ अङ्क: ९

 

वृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) : आज आर्थिक पक्षमा सुधार आउने संकेत देखिन्छ। व्यापार-व्यवसायमा नयाँ योजना बनाउन सकिनेछ। आफन्त तथा साथीभाइबाट सहयोग प्राप्त हुन सक्छ। कामको सिलसिलामा नयाँ व्यक्तिसँग सम्पर्क बढ्नेछ। पारिवारिक वातावरण सुखद रहनेछ। अनावश्यक खर्च नियन्त्रण गर्दै भविष्यका लागि बचत गर्ने सोच बनाउनुहोला।

images

आजको शुभ रङ्ग: सेतो, शुभ अङ्क: ६

 

images

मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): आज बोली र व्यवहारका कारण अरूको विश्वास जित्न सकिनेछ। कार्यक्षेत्रमा महत्त्वपूर्ण अवसर प्राप्त हुन सक्छ। आर्थिक कारोबारमा सकारात्मक परिणाम आउने सम्भावना छ। नयाँ कामको सुरुवात गर्नुअघि आवश्यक तयारी गर्नुहोला। पारिवारिक सम्बन्धमा समझदारी बढ्नेछ। अध्ययन तथा बौद्धिक काममा राम्रो प्रगति गर्न सकिनेछ।

आजको शुभ रङ्ग: हरियो, शुभ अङ्क: ५

images

 

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) : आज मनमा केही अस्थिरता भए पनि धैर्य राख्दा काममा सफलता मिल्नेछ। आर्थिक विषयमा सोचविचार गरेर निर्णय लिनुहोला। कार्यक्षेत्रमा आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्राप्त हुन सक्छ। परिवारका सदस्यसँग समय बिताउँदा मन प्रसन्न रहनेछ। धार्मिक तथा आध्यात्मिक गतिविधिमा रुचि बढ्नेछ। स्वास्थ्यमा खानपान र पर्याप्त आराममा ध्यान दिनुहोला।

आजको शुभ रङ्ग: सेतो, शुभ अङ्क: २

 

Nepal life insurance

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) : आज खर्च बढ्न सक्ने भएकाले आर्थिक व्यवस्थापनमा ध्यान दिनुहोला। कामकाजमा गोपनीयता र सावधानी अपनाउनु आवश्यक छ। अरूको विवादमा अनावश्यक रूपमा सहभागी नहुनुहोला। कार्यक्षेत्रमा केही चुनौती आए पनि धैर्यले समाधान गर्न सकिनेछ। परिवारका सदस्यको सहयोगले आत्मबल बढ्नेछ। स्वास्थ्यमा निद्रा र आरामलाई प्राथमिकता दिनुहोला।

आजको शुभ रङ्ग: सुन्तला, शुभ अङ्क: १

 

कन्या राशि (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) : आज मित्र तथा सहयोगी व्यक्तिहरूसँगको भेटघाट लाभदायक हुन सक्छ। नयाँ काममा सहकार्य गर्ने अवसर प्राप्त हुनेछ। व्यापार-व्यवसायमा आम्दानी बढाउने योजना सफल हुन सक्छ। सामाजिक क्षेत्रमा सक्रियता बढ्नेछ। पारिवारिक सम्बन्धमा आत्मीयता कायम रहनेछ। विद्यार्थीका लागि अध्ययनमा प्रगति गर्ने अनुकूल समय रहनेछ।

आजको शुभ रङ्ग: हरियो

शुभ अङ्क: ५

 

तुला राशि (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) : आज कार्यक्षेत्रमा जिम्मेवारी बढ्न सक्छ। मेहनत र लगनशीलताले उच्च अधिकारी तथा वरिष्ठ व्यक्तिको विश्वास जित्न सकिनेछ। आर्थिक पक्षमा सुधार आउने सम्भावना छ। व्यापार-व्यवसायमा नयाँ अवसर प्राप्त हुन सक्छ। पारिवारिक विषयमा समय दिनुहोला। आफ्नो लक्ष्यप्रति निरन्तर प्रयास गर्दा सकारात्मक परिणाम प्राप्त हुनेछ।

आजको शुभ रङ्ग: गुलाबी, शुभ अङ्क: ६

 

वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) : आज भाग्यको साथ मिल्ने दिन छ। धार्मिक तथा आध्यात्मिक कार्यमा रुचि बढ्नेछ। अध्ययन, लेखन र नयाँ ज्ञान प्राप्त गर्ने काममा सफलता मिल्न सक्छ। लामो दूरीको यात्रा वा नयाँ योजनाका विषयमा सोच बन्न सक्छ। आर्थिक कारोबारमा लाभको सम्भावना छ। परिवार तथा जीवनसाथीसँग सुखद समय बित्नेछ।

आजको शुभ रङ्ग: गाढा रातो, शुभ अङ्क: ९

 

धनु राशि (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) : आज आर्थिक लेनदेनमा विशेष सावधानी अपनाउनुहोला। आकस्मिक खर्च बढ्न सक्छ। कार्यक्षेत्रमा धैर्यपूर्वक अघि बढ्दा समस्याको समाधान हुनेछ। अरूको कुरामा छिटो विश्वास नगर्नु राम्रो हुनेछ। पारिवारिक विषयमा संवेदनशील बन्नुहोला। स्वास्थ्यका दृष्टिले खानपान र नियमित दिनचर्यामा ध्यान दिनु आवश्यक छ।

आजको शुभ रङ्ग: पहेँलो, शुभ अङ्क: ३

 

मकर राशि (भो, जा, जि, खि, खु, खे, खो, गा, गि) : आज साझेदारी र सहकार्यबाट लाभ प्राप्त हुने सम्भावना छ। व्यापार-व्यवसायमा नयाँ सम्झौता वा अवसर प्राप्त हुन सक्छ। जीवनसाथी तथा सहयोगी व्यक्तिको साथले महत्त्वपूर्ण काम पूरा गर्न सकिनेछ। आर्थिक पक्षमा सुधार आउनेछ। प्रेम सम्बन्धमा विश्वास र समझदारी बढ्नेछ। अरूको सुझावलाई सकारात्मक रूपमा लिनुहोला।

आजको शुभ रङ्ग: नीलो, शुभ अङ्क: ८

 

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द) : आज दैनिक काममा व्यस्तता बढ्नेछ। मेहनत र अनुशासनका कारण कार्यक्षेत्रमा राम्रो प्रभाव पार्न सकिनेछ। प्रतिस्पर्धात्मक काममा सफलता प्राप्त हुने सम्भावना छ। आर्थिक कारोबारमा सोचविचार गरेर निर्णय लिनुहोला। स्वास्थ्यमा सानातिना समस्या देखिन सक्ने भएकाले बेवास्ता नगर्नुहोला। परिवारका सदस्यसँग समय बिताउँदा मन प्रसन्न रहनेछ।

आजको शुभ रङ्ग: आकाशे नीलो, शुभ अङ्क: ८

 

मीन राशि (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) : आज सिर्जनात्मक तथा मनोरञ्जनात्मक काममा रुचि बढ्नेछ। प्रेम सम्बन्धमा मधुरता आउनेछ भने सन्तानको प्रगतिले खुसी दिन सक्छ। अध्ययन तथा बौद्धिक काममा सफलता मिल्ने सम्भावना छ। आर्थिक पक्षमा लाभ भए पनि विलासिताका वस्तुमा खर्च बढ्न सक्छ। कार्यक्षेत्रमा नयाँ योजना अघि बढाउन सकिनेछ। धार्मिक कार्यमा सहभागी हुँदा मानसिक शान्ति प्राप्त हुनेछ।

आजको शुभ रङ्ग: पहेँलो, शुभ अङ्क: ३

 

डा. खेमराज मिश्र, पीएचडी (उहाँ फलित ज्योतिषविद् तथा ज्योतिष अनुसन्धानकर्ता, नेपाल ज्योतिष परिषद्का केन्द्रीय उपमहासचिवकाे जिम्मेवारीमा पनि हुनुहुन्छ,  काठमाडाैं