आज कात्तिक २६ गते बिहीबारका लागि विदेशी मुद्राहरूको विनिमयदर: घट्यो अमेरिकी डलरसहित यी विदेशी मुद्राको मूल्य

नेपाल राष्ट्र बैंकले आज कात्तिक २६ गते बिहीबारका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।

जसअनुसार अघिल्लो दिनको तुलनामा आज अमेरिकी डलरको भाउ घटेको छ। आज अमेरिकी डलर १ को खरिददर १४९ रुपैयाँ ६१ पैसा छ भने बिक्रीदर १५० रुपैयाँ २१ पैसा छ। हिजो बुधबार खरिददर खरिददर १४९ रुपैयाँ ९९ पैसा र बिक्रीदर १५० रुपैयाँ ५९ पैसा थियो।

यसैगरी युरोपियन युरोको मूल्य पनि बुधबारभन्दा आज घटेको छ। आज युरो १ को खरिददर १६६ रुपैयाँ ६४ पैसा छ भने बिक्रीदर १६७ रुपैया ३० पैसा छ। हिजो युरो १ को खरिददर १६८ रुपैयाँ ४१ पैसा र बिक्रीदर १६९ रुपैयाँ ०८ पैसा थियो।

यस्तै आज यूके पाउन्ड स्ट्रलिङलगायत विदेशी मुद्राको मूल्य पनि अघिल्लो दिनको तुलनामा घटेको छ।

आज पाउन्ड स्ट्रलिङ १ को खरिददर १९९ रुपैयाँ ३६ पैसा र बिक्रीदर २०० रुपैयाँ १६ पैसा तोकिएको छ। बुधबार यसको खरिददर २०१ रुपैयाँ ४१ पैसा र बिक्रीदर २०२ रुपैयाँ २२ पैसा थियो।

बाँकी विदेशी मुद्राको विनिमयदर सूचीमा हेर्नुहोस्

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध छ।

बुधबार विदेशी मुद्राको विनिमयदर यस्तो थियो

images