भीमफेदीको भैसेंमा सुमो दुर्घटना, दुई जनाको मृत्यु

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।

बिहीबार बिहान करिब ८: ३० बजे हेटौँडाबाट काठमाडौं जाँदै गरेको ना.१ ज २१४३ नम्बरको सुमो त्रिभुवन राजपथबाट राप्ती खोलामा खसेर दुर्घटना भएको हो ।

सुमोमा चालकसहित १० जना सवार रहेको बताइएको छ । दुर्घटनामा घाइते भएका सात जनाको उद्धार गरी हेटौँडा अस्पताल ल्याइएको छ ।

दुर्घटनाको कारण र मृतक तथा घाइतेहरूको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।