अर्घाखाँचीको खाँचिकोटमा महिलाका लागि एकमहिने पञ्चेबाजा तालिम सुरु, १६ जना सहभागी(तस्बिर सहित)

-केशवराज ज्ञवाली, अर्घाखाँची डटकम।

अर्घाखाँची । परम्परागत कला, संस्कृति र मौलिक बाजागाजाको संरक्षण गर्दै महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने उद्देश्यले अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–७, खाँचिकोटमा एकमहिने पञ्चेबाजा बजाउने तालिम सुरु भएको छ।

May be an image of one or more people

सन्धिखर्क नगरपालिकाको सहयोगमा वडा नम्बर ७ द्वारा सञ्चालन गरिएको तालिममा वडाभित्रका १६ जना महिला तथा एकल महिलाहरू सहभागी भएका छन्। महिलाहरूलाई पञ्चेबाजा बजाउने सीप सिकाएर आत्मनिर्भर बनाउने, आय आर्जनका अवसर सिर्जना गर्ने र नेपाली मौलिक संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने लक्ष्यसहित तालिम सञ्चालन गरिएको हो।

May be an image of temple and text

तालिमको एक कार्यक्रमबीच उद्घाटन गरिएको थियो। वडा अध्यक्ष चुराबहादुर केसीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा सन्धिखर्क नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत हरिश्चन्द्र भुसाल , प्रमुख अतिथि तथा नगरपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख बेलकुमारी परियार विशेष अतिथिका रूपमा सहभागी हुनुभएको थियो।

May be an image of one or more people

कार्यक्रममा वडा सदस्य मीना ज्ञवाली र पुष्पा नेपालीसहित , पत्रकारहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन वडा सचिव सीता बिसीले गर्नुभएको थियो।

May be an image of one or more people, clarinet, flute and violin

एक महिनासम्म सञ्चालन हुने तालिममा सहभागी महिलाहरूलाई पञ्चेबाजाअन्तर्गतका विभिन्न बाजा बजाउने तरिका, ताल र लय मिलाउने तथा सामूहिक रूपमा बाजा बजाउने व्यावहारिक सीप सिकाइने वडाले जनाएको छ।

images

No photo description available.

पञ्चेबाजा नेपाली मौलिक संस्कृति र पहिचानसँग जोडिएको परम्परागत बाजा हो। विवाह, व्रतबन्ध, जात्रा, पर्व तथा विभिन्न धार्मिक र सामाजिक समारोहमा यसको प्रयोग हुँदै आएको छ। पछिल्लो समय परम्परागत बाजागाजाको संरक्षण र नयाँ पुस्तामा सीप हस्तान्तरणको आवश्यकता बढिरहेका बेला महिलालाई समेत पञ्चेबाजा बजाउने अवसर प्रदान गर्नु महत्वपूर्ण मानिएको छ।

images

May be an image of one or more people

यस तालिमले महिलाहरूलाई सांस्कृतिक गतिविधिमा सक्रिय सहभागिता जनाउन प्रेरित गर्नुका साथै सीपलाई आयआर्जनसँग जोड्ने अवसरसमेत प्रदान गर्ने अपेक्षा गरिएको छ। तालिमपछि सहभागी महिलाहरूले विभिन्न सामाजिक तथा सांस्कृतिक कार्यक्रममा पञ्चेबाजा बजाएर आफ्नो सीप प्रदर्शन गर्न सक्नेछन्।

images

May be an image of flute and violin

विशेषगरी महिला तथा एकल महिलालाई लक्षित गरी सञ्चालन गरिएको यस कार्यक्रमले उनीहरूको आत्मविश्वास अभिवृद्धि, सामाजिक सहभागिता र आर्थिक सशक्तीकरणमा सहयोग पुग्ने विश्वास गरिएको छ।

May be an image of musical instrument

स्थानीय स्तरमै सीप विकास र परम्परागत संस्कृतिको संरक्षणलाई जोडेर सञ्चालन गरिएको यस कार्यक्रमलाई महिलाको क्षमता विकाससँगै अर्घाखाँचीको मौलिक सांस्कृतिक पहिचान जोगाउने प्रयासका रूपमा समेत हेरिएको छ।

Nepal life insurance

May be an image of musical instrument

तस्बिर/भिडियो : दिवस के.सी., अर्घाखाँची डटकम

May be an image of violin

May be an image of violin, flute and clarinet

May be an image of flute, clarinet and violin

May be an image of flute

May be an image of flute, violin and clarinet

May be an image of musical instrument

May be an image of violin

May be an image of flute

May be an image of violin and flute

May be an image of one or more people

May be an image of one or more people

No photo description available.

May be an image of one or more people

No photo description available.

#ArghakhanchiCom #ArghakhanchiDotCom #ArghakhanchiComHD #Arghakhanchi #Sandhikharka #Khanchikot #Panchebaja #WomenEmpowerment #TraditionalCulture