हुवाङकी चिनियाँ प्रेमिकाका साथीले चिप्सको तस्करी गर्ने गरेकाे खुलासा

वासिंगटन डिसी, ७ मंसिर । एनभिडियाका पूर्व सीईओ जेन्सेन हुआङकी चिनियाँ प्रेमिका एलिस हुआङका साथी चिनियाँ व्यवसायी ली मिङले प्रतिबन्धित एआई चिपहरूको तस्करी गरिरहेका थिए।

‘द वाल स्ट्रिट जर्नल’ को एक समाचार अनुसार उनले एनभिडियाका चिपहरू जडित कम्प्युटर सर्भरहरू मलेसिया हुँदै चीन पठाउने गरेका थिए। उक्त प्रतिवेदनअनुसार ली मिङ एक्लै काम गरिरहेका थिएनन्। उनले एलिस र उनका पति काङ वेईसँग मिलेर दक्षिण–पूर्वी एसियाभरि विभिन्न कम्पनीहरूको एउटा सञ्जाल सञ्चालन गरिरहेका थिए।

काङले यही सञ्जालको प्रयोग गरेर चीनमा ९ अर्ब डलर बराबरका डाटा सेन्टरहरू निर्माण गर्न थालेका थिए। अर्को शब्दमा भन्नुपर्दा एलिसको भूमिका एनभिडियाका अत्याधुनिक चिपहरू उपलब्ध गराउने थियो, जबकि उनका पति चीनमा डाटा–सेन्टर व्यवसाय विस्तार गरिरहेका थिए। ली मिङले यी दुई पक्षबिच व्यावसायिक सम्पर्क सूत्रको काम गरिरहेकाे खुलेकाे हाे ।

५२ वर्षीय चिनियाँ व्यवसायी ली मिङ सिंगापुरमा धरौटीमा रिहा भएका छन्। उनीविरुद्ध फेब्रुअरी २०२५ मा ठगीको मुद्दा दायर गरिएको थियो। यो मुद्दा ‘एनभिडिया’ चिप जडान गरिएका कम्प्युटर सर्भरहरू खरिद गरी अन्य देशहरूमा पठाउने कार्यसँग सम्बन्धित छ। सिंगापुरका अभियोजकहरूका अनुसार लीले एनभिडिया चिप जडान गरिएका सर्भरहरू खरिद गरेका थिए। उनले अमेरिकी आपूर्तिकर्ता कम्पनीहरूलाई ती सर्भरहरू सिंगापुरमा रहेको आफ्नो कम्पनी ‘लक्जुरिएट योर लाइफ’द्वारा प्रयोग गरिने बताएका थिए। तर ती सर्भरहरू सिंगापुर ल्याउनुको सट्टा उनले पहिले मलेसिया पठाए र त्यसपछि तिनलाई तेस्रो मुलुक पुर्‍याए।

ली मिङ सिंगापुरमा आधारित ‘मेगास्पिड’ नामक कम्पनीको सञ्चालनमा पनि गहिरो रूपमा संलग्न थिए। उक्त कम्पनीकी पूर्व प्रबन्ध निर्देशक एलिस हुआङ थिइन्। प्रतिवेदनअनुसार ली कम्पनीका प्रमुख निर्णयहरूमा संलग्न थिए। साथै, एनभिडिया चिपको बिक्रीमा संलग्न अन्य कम्पनीहरूसँग पनि उनको सम्बन्ध थियो।

‘द वाल स्ट्रिट जर्नल’ का अनुसार सिंगापुरमा मुद्दा दायर हुँदाको समयसम्ममा ली मिङले एलिस र उनका पति काङ वेईसँग काम गर्न थालेको धेरै वर्ष भइसकेको थियो। चीनमा कम्पनी दर्तासम्बन्धी कागजातहरूका अनुसार एलिस र काङले सन् २०२१ मा ‘सेन्चुरी लोङतेङ’ नामक कम्पनी स्थापना गरेका थिए। यो कम्पनी क्लाउड कम्प्युटिङको क्षेत्रमा सक्रिय थियो।

सन् २०२३ को जनवरीमा सामाजिक सञ्जालमा ली मिङको एउटा तस्बिर देखा पर्‍यो। उक्त तस्बिरमा उनी सांघाईस्थित एउटा एआई उपकरण निर्माता कम्पनीको भ्रमणमा रहेको देखिन्थे। सो पोस्टमा उनलाई ‘सेन्चुरी लोङतेङ’ को ‘चिफ स्ट्राटेजी अफिसर’ (प्रमुख रणनीति अधिकृत) को रूपमा चिनाइएको थियो।

त्यस समयमा अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले चीनमा ‘एनभिडिया’ का अत्याधुनिक चिपहरू बिक्री गर्न प्रतिबन्ध लगाएको थियो। यी चिपहरू एआई–सम्बन्धित कार्यहरूका लागि प्रयोग गरिन्छन्। प्रतिबन्धपछि चिनियाँ प्रविधि कम्पनीहरूका लागि यी चिपहरू प्राप्त गर्न कठिन भयो।

यस्ता कम्पनीहरूसँग चिपहरू प्रयोग गर्ने दुईवटा उपायहरू थिए । पहिलो उपाय विदेशमा ‘एनभिडिया’ को कम्प्युटिङ क्षमता भाडामा लिने र त्यहीँ काम सम्पन्न गर्ने। यसका लागि ठूलो परिमाणमा तथ्याङ्क (डेटा) अन्य देशहरूमा पठाउनुपर्ने हुन्थ्यो भने दोस्रो उपाय अनुसार चिपहरू जडान गरिएका सर्भरहरूलाई अवैध रूपमा (तस्करी गरेर) चीन भित्र्याउने गरिन्थ्याे ।

images

यही अवधिमा ली मिङ, एलिस र काङले दक्षिण–पूर्वी एसियाका केही व्यावसायिक साझेदारहरूसँग मिलेर काम गर्न थाले। उनीहरूको उद्देश्य चिनियाँ ग्राहकहरूलाई अत्याधुनिक चिपहरू उपलब्ध गराउनु थियो।