आजको राशिफलः आज वि.सं. २०८३ मंसिर ११ गते शुक्रबार, ई.सं. २०२६ नोभेम्बर २७, हेमन्त ऋतु, दक्षिणायन, नेपाल संवत् ११४७ कछलागा तृतीया

आजको राशिफलः वि.सं. २०८३ मंसिर ११ गते शुक्रबार

ज्याे. डा. खेमराज मिश्र, पीएचडी

आजको राशिफलः वि.सं. २०८३ मंसिर ११ गते शुक्रबार, ई.सं. २०२६ नोभेम्बर २७, हेमन्त ऋतु, दक्षिणायन, नेपाल संवत् ११४७ कछलागा तृतीया, मंसिर कृष्णपक्ष। तृतीया तिथि बिहान १०:०४ बजेसम्म, त्यसपछि चतुर्थी। आर्द्रा नक्षत्र दिउँसो ३:२३ बजेसम्म, त्यसपछि पुनर्वसु। मिथुन राशिमा चन्द्रमा, वृश्चिक राशिमा सूर्य। शुभ योग भोलि बिहान १२:०६ बजेसम्म, त्यसपछि शुक्ल योग। विष्टि करण बिहान १०:०४ बजेसम्म, त्यसपछि बव करण राति ८:२६ बजेसम्म, त्यसपछि बालव करण। सूर्योदय बिहान ६:३४ बजे र सूर्यास्त बेलुका ५:०८ बजे हुनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आज नयाँ कामको थालनी गर्ने उत्साह बढ्नेछ। कार्यक्षेत्रमा आफ्नो क्षमता देखाउने अवसर प्राप्त हुन सक्छ। व्यापार–व्यवसायमा नयाँ सम्पर्कबाट लाभ मिल्ने सम्भावना छ। आर्थिक कारोबारमा सोचविचार गरेर निर्णय लिनुहोला। पारिवारिक वातावरण सुखद रहनेछ। अनावश्यक विवादमा नपरी संयमित व्यवहार गर्दा दिन राम्रो बन्नेछ। (आजका लागि शुभ रङः रातो, शुभ अङ्कः ९)

 

वृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

आज आर्थिक पक्षमा सुधार आउने सङ्केत देखिन्छ। रोकिएका काम अघि बढाउने प्रयास सफल हुन सक्छ। नोकरी तथा व्यवसायमा जिम्मेवारी बढ्ने सम्भावना छ। परिवारका सदस्यसँगको सम्बन्ध आत्मीय रहनेछ। प्रेम सम्बन्धमा विश्वास र समझदारी बढ्नेछ। खर्च बढ्न सक्ने भएकाले आम्दानीअनुसार योजना बनाएर अघि बढ्नुहोला। (आजका लागि शुभ रङः सेतो, शुभ अङ्कः ६)

 

images

मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)

आज चन्द्रमाको अनुकूल प्रभावले आत्मविश्वास र उत्साह बढाउनेछ। नयाँ योजना बनाउन तथा महत्त्वपूर्ण काम अघि बढाउन सकिनेछ। अध्ययन, लेखन र सञ्चारसम्बन्धी क्षेत्रमा प्रगति हुनेछ। आर्थिक लाभका अवसर प्राप्त हुन सक्छन्। साथीभाइ तथा सहकर्मीबाट सहयोग मिल्नेछ। आफ्नो विचार स्पष्ट राख्दै अरूको सुझावलाई पनि महत्त्व दिनुहोला। (आजका लागि शुभ रङः हरियो, शुभ अङ्कः ५)

images

 

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

images

आज केही काममा ढिलाइ वा अन्योल हुन सक्छ। आर्थिक कारोबार गर्दा विशेष सावधानी अपनाउनुहोला। गोप्य विषय अरूसँग साझा नगर्नु उचित हुनेछ। कार्यक्षेत्रमा धैर्यपूर्वक काम गर्दा समस्या समाधान गर्न सकिनेछ। पारिवारिक सदस्यको सहयोगले मनमा राहत मिल्नेछ। स्वास्थ्यमा निद्रा र मानसिक शान्तिलाई प्राथमिकता दिनुहोला। (आजका लागि शुभ रङः सेतो, शुभ अङ्कः २)

 

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आज सामाजिक तथा व्यावसायिक क्षेत्रमा सक्रियता बढ्नेछ। साथीभाइ र सहकर्मीको सहयोगबाट नयाँ अवसर प्राप्त हुन सक्छ। आम्दानीका स्रोत विस्तार गर्ने विषयमा सकारात्मक सोच आउनेछ। रोकिएका आर्थिक काम अघि बढ्न सक्छन्। पारिवारिक वातावरण अनुकूल रहनेछ। नयाँ जिम्मेवारी स्वीकार गर्दा आफ्नो समय र क्षमताको मूल्याङ्कन गर्नुहोला। (आजका लागि शुभ रङः सुनौलो, शुभ अङ्कः १)

Nepal life insurance

 

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

आज कार्यक्षेत्रमा मेहनत र जिम्मेवारी बढ्नेछ। आफ्नो कामप्रति समर्पित रहँदा उच्च पदस्थ व्यक्तिको विश्वास प्राप्त गर्न सक्नुहुनेछ। नोकरी तथा व्यवसायमा नयाँ सम्भावना देखिन सक्छ। आर्थिक पक्ष सामान्य रहनेछ। पारिवारिक विषयमा आफ्नो धारणा राख्दा अरूको भावनालाई पनि सम्मान गर्नुहोला। धैर्य र अनुशासनले सफलता दिलाउनेछ। (आजका लागि शुभ रङः हरियो, शुभ अङ्कः ५)

 

तुला राशि (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

आज भाग्यको साथ प्राप्त हुने सम्भावना छ। धार्मिक तथा आध्यात्मिक गतिविधिमा रुचि बढ्नेछ। अध्ययन, अनुसन्धान र नयाँ ज्ञान प्राप्तिका लागि समय अनुकूल रहनेछ। लामो दूरीको यात्रा वा वैदेशिक कामको प्रयासमा सकारात्मक सङ्केत मिल्न सक्छ। आर्थिक पक्षमा सुधार आउनेछ। गुरुजन तथा अनुभवी व्यक्तिको सल्लाहले महत्त्वपूर्ण निर्णय लिन सहयोग पुर्‍याउनेछ। (आजका लागि शुभ रङः नीलो, शुभ अङ्कः ६)

 

वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आज आर्थिक तथा व्यावहारिक विषयमा विशेष ध्यान दिनुपर्नेछ। पुरानो लेनदेन वा रोकिएको काम समाधान हुने सम्भावना छ। कार्यक्षेत्रमा गोपनीयता कायम राख्नुहोला। साझेदारीमा काम गर्दा स्पष्ट समझदारी आवश्यक हुनेछ। पारिवारिक सम्बन्धमा आत्मीयता कायम रहनेछ। हतारमा निर्णय नगरी सबै पक्ष विचार गरेर अघि बढ्नुहोला। (आजका लागि शुभ रङः मरुन, शुभ अङ्कः ९)

 

धनु राशि (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

आज दाम्पत्य तथा साझेदारीका विषयमा सकारात्मकता बढ्नेछ। व्यापार–व्यवसायमा नयाँ सहकार्यको अवसर प्राप्त हुन सक्छ। कार्यक्षेत्रमा अरूको सहयोगले कठिन काम सहज बन्नेछ। आर्थिक कारोबारमा लाभको सम्भावना छ। प्रेम सम्बन्धमा आपसी विश्वास बढ्नेछ। मतभेद उत्पन्न भए संवादबाट समाधान खोज्नु उचित हुनेछ। (आजका लागि शुभ रङः पहेँलो, शुभ अङ्कः ३)

 

मकर राशि (भो, जा, जि, खि, खु, खे, खो, गा, गि)

आज दैनिक कामकाजमा सक्रियता बढ्नेछ। प्रतिस्पर्धात्मक क्षेत्रमा आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर मिल्न सक्छ। नोकरी तथा व्यवसायमा नयाँ जिम्मेवारी प्राप्त हुने सम्भावना छ। आर्थिक पक्षमा सुधार भए पनि खर्च व्यवस्थापनमा ध्यान दिनुहोला। सहकर्मी तथा परिवारका सदस्यसँगको सम्बन्ध राम्रो रहनेछ। स्वास्थ्यका लागि नियमित दिनचर्या अपनाउनुहोला। (आजका लागि शुभ रङः नीलो, शुभ अङ्कः ८)

 

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)

आज सिर्जनात्मक काम र अध्ययनमा रुचि बढ्नेछ। सन्तानको पक्षबाट खुसीको समाचार प्राप्त हुन सक्छ। प्रेम सम्बन्धमा आत्मीयता र समझदारी बढ्नेछ। व्यवसायमा नयाँ योजना अघि बढाउन सकिनेछ। आर्थिक लाभका अवसर प्राप्त भए पनि जोखिमपूर्ण लगानीबाट बच्नुहोला। आफ्नो प्रतिभा र सीपलाई सही ठाउँमा प्रयोग गर्दा राम्रो उपलब्धि हासिल हुनेछ। (आजका लागि शुभ रङः आकाशे नीलो, शुभ अङ्कः ४)

 

मीन राशि (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

आज पारिवारिक तथा घरेलु जिम्मेवारी बढ्न सक्छ। घरजग्गा र सम्पत्तिसम्बन्धी विषयमा छलफल अघि बढ्ने सम्भावना छ। कार्यक्षेत्रमा धैर्य र निरन्तर प्रयास आवश्यक हुनेछ। आर्थिक कारोबारमा सावधानी अपनाउनुहोला। आफन्तसँगको सम्बन्धमा समझदारी कायम राख्दा मन प्रसन्न रहनेछ। घरपरिवारमा शान्ति र सद्भाव कायम राख्न समय दिनुहोला। (आजका लागि शुभ रङः पहेँलो, शुभ अङ्कः ३)

 

डा. खेमराज मिश्र, पीएचडी, उहाँ फलित ज्योतिषविद् तथा ज्योतिष अनुसन्धानकर्ता, नेपाल ज्योतिष परिषद्का केन्द्रीय उपमहासचिवकाे जिम्मेवारीमा पनि हुनुहुन्छ,  काठमाडाैं