मेरो खादबारी बजार (कबिता)

– योगेन्द्र वियोगी”हिमाल”
धुपू-१ लेब्रांग
संखुवासभा कोशी- नेपाल

 

चारै तिरबाट डाडा काडा हरियाली
बिचमा खादबारी  बजार

रमणिय बजार हेर्न धाउछन लेकका
युबा युवती लाखौ हजार


त्यहाँ पुग्दा हजुर सारा दु;ख बिसाउने
मनकामनाको मन्दिर हरियो बन


सयपत्री र मखमली फूलले चोरी
लान्छ सबको मन हजुर


झ्याउरे लोक दोहोरि बाजाले
घनकिन्छ बजार


पेर्मी पेर्मिकको एकादसीमा लाखौ हजार
मनकामना मेला हेर्न उस्तै धाउछन् हजार


सधै भरी सम्झिर्हंछ मेरो
प्योरो खादबारी बजार