छुटेका जिल्ला र गाविसको नक्साङ्गन गरिएको र त्यसैलाई राख्न दबाब दिन सिमाको नक्सा समेत घोषणा गरिएको थियो । माओवादी, एमाले, कांग्रेस जस्ता ठुला दलका नेताहरुको उपस्थितीमा स्वायत्त प्रदेश घोषणा गरिएको हो । पुर्वको मेची देखि पश्चिमको महाकाली उत्तर र दक्ष्ािणका ५० बढी जिल्लाका मगरहरुको घोषणा कार्यक्रममा सहभागतिा थियो ।
ऐतिहासिक उपस्थितीमा भएको घोषणा सभामा बोल्दै माओवादी महासचिव रामबहादुर थापा बादलले आजको दिनलाई ऐतिहासिक घोषणा गर्नुभयो । उनले आत्मनिर्णयको अधिकारलाई संविधानमा सुनिश्चित गर्नुपर्ने बताउदै स्वायत्त मगरात प्रदेश निष्कर्ष भएको बताए उनले अग्राधिकारको विकल्प खोज्न नहुने बताउदै समानुपातिक प्रतिनिधत्वको लागि आन्दोलन जारीरहेको घोषणा गरे । प्रदेश सिमा घोषणाले राज्यलाई ध्यानाकर्षण गराउने र संविधानमा छुटेका गाविस राख्न महत्वपुर्ण भुमिका खेल्ने एमाले सभासद् थममाया पुनले बताउनुभयो । उहाले राज्यको एकभागमा मात्र विकास गर्ने सोच भन्दा पनि सम्पुर्ण आदिवासी र उत्पीडिनमा परेकाहरुलाई अगाढि बढाउनुपर्नेमा जोड दिए ।
नेपाली कांग्रेसकी नेता भिमकुमारी बुढामगरले मगरहरु नीतिगत तहसम्म पुग्न नसकेकोले नै विकासमा पछि परेको बताउदै मगर तथा आदिवासीले राज्यसत्ताको अपेक्षा गरेको बताइन ्।
संविधान सभाको राज्य पुनः संरचना तथा राज्य शक्ति वाडफाड समितिले मुलुकलाई १४ वटा प्रदेशको खाका तयार गरि प्रस्ताव गरिसकेको छ । राज्यले सिमांकन गर्दा मगरात प्रदेशमा छुटेका दाङमा ५, डोल्पामा ७, मुस्ताङमा ३, गोरखामा १२, स्याङ्गजामा १६, तनहु १९, नवलपरासीमा १७, पर्वतमा ३१, रुकुममा ३२, र सल्यानमा ४८ गाविस थप गर्नुपर्ने बताईएको थियो । नेपाल मगर संघको आयोजनामा भएको घोषणा सभामा सबै राजनीतिक दलका नेताहरुको उपस्थिती थियो । गतवर्षको पुस २ गते माओवादी निकट मगरात मुक्ति मोर्चाले मगरात स्वायत्त गणराज्य घोषणा गरेको थियो । घोषणा सभा गर्नु अघि मगरहरुको विभिन्न जातीय झांकी र मगर पहिचान बोकेको पोशाक लगाएर तानसेन बजारको परिक्रमा समेत गरिएको थियो ।



