भैरहवामा ब्याङ्कबाट झिकिएको ४ लाख ९८ हजार रुपियाँ गोली हानेर लुटियो

– भैरहवाको नारायण मन्दिर नजिक आज अज्ञात समुहले गोली प्रहार गरी १ जनाको हत्या गरेको छ ।

 

भैरहवा – भैरहवाको नारायण मन्दिर नजिक आज अज्ञात समुहले गोली प्रहार गरी १ जनाको हत्या गरेको छ । ब्याङ्कबाट पैसा झिकेर फर्कंदै गरेका जगदीश यादवलाई गोली हानेर लुटेराले ३ लाख ९८ हजार रुपियाँ लुटेका थिए। गोली लागी यादवको मृत्यु भएको छ। मोटरसाइकलमा आएका दुई जनाले पैसा खोस्न थाल्दा यादवले प्रतिकार गरेका थिए, त्यसपछि उनीहरुले कन्चटमा गोली हानेका थिए।

 

कपिलवस्तुका दाल व्यापारी यादवले ७० बोरा मुसुरो बराबरको रकमको भुक्तानी अर्का व्यापारी ब्रिजेश अग्रवालबाट लिएका थिए। ब्याङ्क रोडस्थित हिमालयन ब्याङ्कमा उक्त चेक साटेर बर्मेली चोकतर्फ पैदल हिँड्दै गर्दा उनलाई लुटेराले आक्रमण गरेका थिए।

लुटेराले पैसा खोस्न खोजेपछि यादवले प्रतिकार गर्दा पैसा खोसाखोस भएको थियो। त्यत्तिकैमा स्थानीय जम्मा भएपछि लुटेराले गोली हानेका थिए। स्थानीय भने डराएर प्रतिकारमा उत्रन सकेनन्। यादव ढलेपछि उनीहरु पैसा लिएर भागेका थिए।

प्रहरीका अनुसार यादव आफैं पनि किसान हुन भने अरुको दाल किनेर ठूला व्यापारीलाई बेच्ने गर्थे।