नयाँ वर्षमा नयाँ आइटम-महँगो ठुम्का लगाउनेको बलिउडमा चर्चा

सन् २०१० लाई विदाई गर्न तथा सन् २०११ लाइ स्वागत गर्न बलिउडमा कसले कति महँगो ठुम्का लगाउने अहिले भारतभर चर्चा छ । यो वर्षका दुई वटा सुपरहिट आइटम डान्सरले डिसेम्वर ३१ का लागि केही मिनेटको डान्सका लागि तीन करोड भारतीय रुपैयाँ चार्ज गर्दैछन् । अरु नायिकाले पनि गच्छे अनुसार पैसा लिंदैछन् ।