माओवादी निकट विद्यार्थी संगठन अनेरास्ववियु -क्रान्तिकारीको अध्यक्षमा हिमाल शर्मा चयन

काठमाडौं,  – माओवादी निकट विद्यार्थी संगठन अनेरास्ववियु -क्रान्तिकारी) को अध्यक्षमा हिमाल शर्मा चयन भएका छन् ।

शर्मा नेतृत्वमा नयाँ कार्यसमिति चयन गर्दै अखिल क्रान्तिकारीको १८ औं राष्ट्रिय सम्मेलन मंगलबार सकिएको छ ।  यसैगरी उपाध्यक्षमा जागृत रायमाझी, रमेश मल्ल र शरद रसाइली र महासचिवमा विन्दमान विष्ट चयन भएका छन् ।