झापा र मोरङमा रहेका सातवटा भुटानी शरणार्थी शिविरलाई घटाइने

दमक – झापा र मोरङमा रहेका सातवटा भुटानी शरणार्थी शिविरलाई घटाइने भएको छ । शरणार्थीहरुको पुनर्वास हुने क्रम बढेपछि छाप्रा रित्तिएको भन्दै शरणार्थी हेरचाहमा संलग्न संस्थाहरुले शिविर घटाउने जानाएका हुन् ।


सन् २००७ नोभेम्बरबाट सुरु भएको पुनर्वास प्रक्रियामा ४० हजारभन्दा बढी शरणार्थी सहभागी भइसकेका छन् ।
पुनर्वास कार्यक्रमअन्तर्गत संयुक्त राज्य अमेरिका, बेलायतलगायतका आठ मुलुकमा पुनर्वास कार्यक्रम सञ्चालित छन् ।


दातृ निकायले सबै शरणार्थीलाई बेलडाँगी र मोरङको शनिश्चरे शिविरमा समेट्ने बताइएको छ । हाल बेलडाँगीमा गोलधाप, खुदुनाबारी र टिमाई शिविर छन् । त्यस्तै मोरङको शनिश्चरे शिविरमा समेत शरणार्थी बस्दै आएका छन् ।