– उपप्रधान तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाले आफ्नो ज्वाँई रुवेल चौधरी विरुद्ध गलत प्रचारवाजी भएको भन्दै प्रमाण पुर्याउन चुनौती दिएकी छन् ।
दश दिने विदेश भ्रमण पूरा गरी शुक्रबार स्वदेश फर्किएकी कोइरालाले विमानस्थलमा संचारकर्मीसंग कुरा गर्दै संचार माध्यमले बिना प्रमाण रुवेललाई आपराधिक क्रियाकलापमा संलग्न रहेको लेखेको उनले बताइन् ।
उनले रुवेलको विरुद्ध प्रमाण भए कानुनी कारवाही गर्न सकिने बताइन । कानुन भन्दा माथि कोही नभएको भन्दै उनले कानुन सबैलाई लाग्ने उल्लेख गरिन ।
कोइरालाका ज्वाइँ रुवेलको अबैध रुपमा नेपाल टेलीकमको कल वाइपसा (भीओइपी) सञ्चालन, प्रहरीको सुडानस्थित राष्ट्रसंघीय मिसनका लागि गरिएको खरिदमा घोटलालगायतका गलत क्रियाकलापमा संलग्न रहेको समाचार बिहीबार कान्तिपुरले प्रकाशन गरेको थियो ।



