वीरगंज – तराई मधेस लोकतान्त्रीक पार्टीका अध्यक्ष महन्त ठाकुरालाई शनिबार वीरगंजमा उनकै कार्यकर्ताले घेराउ गरेका छन् ।
कार्यकर्ताले स्थानीय सम्झना होटल परिसरमा बिहान करिब १० बजे अध्यक्ष ठाकुरलाई घेराउ गरेका हुन् । पार्टीको महिला केन्द्रीय सदस्य शेषाचाँद ताराका नेतृत्वको समूहले अर्का केन्द्रीय सदस्य विमल श्रीवास्तव माथि कारबाहीको माग गर्दे ठाकुरलाई घेराउ गरेका हुन् ।
दुई दिन अघि वीरगंजको नगरसभा गृहमा ओयोजित पार्टी प्रवेश कार्यक्रममा दुई समूह बीच कुटाकुट हुँदा तमलोपा निकट मुस्लिम संगठनका अध्यक्ष शेष मन्सुर बाबु घाइते भएका थिए । घटनामा संलग्नको कारबाहीको माग गर्दै उनीहरुले अध्यक्षलाई घेराउ गरेको हो ।



