काँग्रेस उपसभापति रामचन्द्र पौडेललाई प्रधानमन्त्री बनाउन प्रधानमन्त्री नेपालले गरेको प्रस्तावको एमालेका सभासदहरुद्बारा आलोचना

काठमाडौ – नेकपा एमालेका सभासदहरुले काँग्रेस उपसभापति रामचन्द्र पौडेललाई प्रधानमन्त्री बनाउन प्रधानमन्त्री माधवकुमार नेपालले गरेको प्रस्तावको आलोचना गरेका छन् ।


विहान संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकमा उनीहरुले पार्टीको निर्णयभन्दा माथि गएर नबोल्न प्रधानमन्त्रीको ध्यानाकषर्णण गराएका हुन् । अस्ती तीन दलको बैठकमा प्रधानमन्त्री नेपालले काँग्रेस उपसभापति रामचन्द्र पौडेललाई प्रधानमन्त्रीम सर्बसम्मत निर्वाचन गर्न प्रस्ताव गर्नुभएको थियो ।


उहाँको त्यो प्रस्ताव केन्द्रीय कमिटीको निर्णय विपरित हो । यस्तै बैठकले संसदको विशेष अधिवेसनमा माओवादीको प्रस्ताव विरुद्ध र प्रधानमन्त्रीका एक्ला उमेद्वार रामचन्द्र पौडेलको विपक्षमा मतदान गर्न हृवीप जारी गरेको छ ।

बैठकलाई संवोधन गदै प्रधानमन्त्री माधव कुमार नेपालले अहिलेकै अवस्थामा माओवादीलाई सरकारको नेतृत्व दिन नसकिने बाताउनुभयो । माओवादी अहिले पनि सत्ता कव्जाको रणनीतिमा रहेको भन्दै हालकै वामलोकतान्त्रिक गठबन्दनलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।