सान्चेजले लिए स्पेनको प्रधानमन्त्रीमा शपथ

Open photo

पेड्रो सान्चेजले स्पेनको प्रधानमन्त्रीको शपथ लिएका छन्। सान्चेजले स्पेनका राजा फेलिप छैठौँसँग शपथ लिएका हुन्।

म्याड्रिडको बाहिरी भागमा रहेको शाही निवासमा शपथ ग्रहण कार्यक्रम आयोजना गरिएको थियो।

पालासियो डे ला जर्जुएलामा आयोजित समारोह आधिकारिक राज्य बुलेटिन (बीओई) मा सान्चेजलाई प्रधानमन्त्रीको रूपमा पुष्टि भएको दुई घण्टापछि गरिएको थियो।

सन् २०१८ र २०२० मा शपथ ग्रहण गर्दा जस्तै, सान्चेजले स्पेनिस संविधानको प्रतिलिपिमा शपथ लिएका थिए।

1

शपथ ग्रहणपछि राजा फेलिपले सान्चेजलाई कार्यालयमा फर्किएकोमा बधाई दिए।

बिहीबारको इन्भेष्टिचर भोटमा सान्चेजको पक्षमा १ सय ७९ र विपक्षमा १ सय ७१ मत खसेको थियो।

कुल ३ सय ५० सिटको संसद्‌मा दुई क्याटालान पृथकतावादी पार्टीको समर्थनले उनलाई प्रधानमन्त्रीमा पुनः निर्वाचित गराएको हो। – सिन्ह्वा

 

images

111

 

images