तीन लाख २५ हजार नक्कली भारतीय नोट सहित दुई जनालाई पक्राउ

बागलुङ – जिल्ला प्रहरी कार्यालय बागलुङले नक्कली भारतीय नोट सहित दुई जनालाई विहीवार साँझ पक्राउ गरेको छ ।

बानपा १ रामरेखाबाट प्रहरीले तीन लाख २५ हजार नक्कली भारतीय नोट सहित पर्सा छप्कैया ३ का ३७ बर्षीय हिरालाल कर्ण र भारतको रक्सौलका ४० बर्षीय जगत गुप्तालाइ पक्राउ गरेको हो ।

नियमित चेकजाँच गर्ने क्रममा प्रहरीले बा ३८ प ८५५३ नम्बरको मोटरसाइकलमा सवार गुप्ताको साथबाट दुई लाख ३२ हजार ५ सय र कर्णको साथबाट ९२ हजार ५ सय रुपैयाँ बरामद गरिएको प्रहरी निरीक्षक कृष्णप्रसाद अर्यालले बताए ।

बरामद नोट भारतीय ५ सय र एकहजारका भएको पाइएको छ । पक्राउ अभियुक्त र रकम बारे छानविन भइरहेको अर्यालले बताए ।