प्रमुख तीन दलका सचेतकहरुद्वारा सर्वोच्च अदालतका न्यायाधिस माथि महाअभियोग लगाउनु पर्ने सुझाव

काठमाडौ – प्राप्त समाचार अनुसार प्रमुख तीन दलका संसदीय दलका मुख्य सचेतकहरुले सर्वोच्च अदालतका न्यायाधिस रणबहादुर बममाथि महाअभियोग लगाउनु पर्ने विषयमा प्रमुख दलविच राजनीतिक सहमति हुनु पर्ने सुझाव सभामुख सुवास नेम्वाङ्गलाई दिएका छन् ।


सभामुख नेम्वाङ्गले आज आफ्नै कार्यालयमा बोलाएको बैठकमा मुख्य सचेतकहरुले कुनै दल विशेषले यसलाई अगाडि बढाउन उपयुक्त नहुने भन्दै प्रमुख राजनीतिक दलहरुले सहमति गरेर प्रकि्रयालाई अगाडि बढाउनु पर्ने सुझाव दिएका थिए ।
बैठकमा महाअभियोगको प्रकि्रयाको विषयमा पनि गंभिर छलफल भएको माओवादी प्रमुख सचेतक पोष्टबहादुर बोगटिले जानकारी दिनुभयो ।


बैठकमा हिजो भएको तीन दलवीचको सहमतिलाई कार्यान्वय गर्ने विषयमा पनि छलफलभएको थियो ।