
बर्दियाको गुलरियास्थित एक घरमा गएराति भएको आगलागीमा परेर तीन जना बालबालिकासहित चार जनाको मृत्यु भएको छ। घटनामा अर्का एकजना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार गुलरिया ४ तुलापुरमा रहेको एक घरमा राति १० बजे आगलागी भएको हो।
प्रहरी उपरीक्षक सुधीरराज शाहीका अनुसार मृत्यु हुनेमा ३२ वर्षकी राधा बुढा, १८ महिनाका बालक कार्तिक चन्द, ७ वर्षका कृष चन्द र १० वर्षका मानसिं बुढा छन्। उनीहरु सबैको घटनास्थलमै मृत्यु भएको हो।
आगलागीमा परेर २८ वर्षकी करिष्मा चन्द गम्भीर घाइते भएकी छन्। उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

मृतक चारै जनाको शव अहिले पनि घटनास्थलमै रहेको प्रहरीले जनाएको छ। आगलागीको कारण खुलेको छैन। घटनाको थप विवरण आउन बाँकी छ।








